back
CTIZAN AD

अन्ततः साना दलहरुले पनि पाउने भए चुनाव चिह्न

वि.सं.२०७८ चैत २ बुधवार

816 

shares

काठमाडौं । साना दलहरुले पनि स्थानीय तहको चुनावमा आफ्नै चुनाव चिह्न लिएर लड्न पाउने भएका छन् । निर्वाचन आयोगको बुधबार बसेको बैठकले राष्ट्रिय दलको मान्यता नपाएका साना दलहरुलाई पनि चुनाव चिह्न दिने निर्णय गरेको हो । तर, आयोगले सशर्त मात्रै चुनाव चिन्ह दिने भएकाे छ।

आयोगले राष्ट्रिय मान्यता नपाएका दलहरुले कुन–कुन जिल्लामा जिल्ला स्तरको संगठनात्मक संरचना छ भन्ने विवरण केन्द्रीय पदाधिकारीबाट प्रमाणित गरी ६ चैतभित्र आयोगलाई बुझाउनुपर्ने शर्त राखेकाे छ । जिल्ला निर्वाचन कार्यालयले चेकजाँच गर्दा दलहरूकाे विवरण मिलेमा विवरण बुझाउने दलहरुको चुनाव चिह्न राखेर मतपत्र छापिने छ र उम्मेदवारी दर्तापछि सम्बन्धित दलकै चुनाव चिह्न दिइने एक आयुक्तले बताए । तर विवरण नबुझाएका स्वतन्त्र उम्मेदवारकै चुनाव चिह्न लिनुपर्ने आयोगकाे निर्णय छ ।

आयोगले स्थानीय तह निर्वाचन ऐनको दफा २६ मा राष्ट्रिय मान्यता प्राप्त दललाई मात्र दलीय चुनाव चिह्न दिने व्यवस्था छ र राजनीतिक दलसम्बन्धी ऐनको दफा ५२ मा प्रतिनिधिसभामा समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्ने दललाई मात्र राष्ट्रिय दलको मान्यता दिने व्यवस्था छ ।

यसअनुसार ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले मात्र दलीय चुनाव चिह्न पाउने अवस्था छ । अरु ७३ दलका उम्मेदवारले स्वतन्त्र उम्मेदवारको चुनाव चिह्न लिनुपर्ने हुन्छ ।

वि.सं.२०७८ चैत २ बुधवार १८:०५ मा प्रकाशित

एकै दिन आठ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

एकै दिन आठ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

मिलापत्रमै टुङ्गिन्छन् सम्बन्धविच्छेदका मुद्दा

मिलापत्रमै टुङ्गिन्छन् सम्बन्धविच्छेदका मुद्दा

भद्रपुर (झापा) । सम्बन्धविच्छेदका लागि अदालत पुग्ने अधिकांश दम्पती अन्ततः...

देशका विभिन्न राजमार्ग अवरुद्ध, यी सडकमा राति गाडी चलाउन नपाइने

देशका विभिन्न राजमार्ग अवरुद्ध, यी सडकमा राति गाडी चलाउन नपाइने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग...

नेपाल टेलिकमः महशुल तिर्न बाँकी ग्राहकहरुका लागि छुटको व्यवस्था

नेपाल टेलिकमः महशुल तिर्न बाँकी ग्राहकहरुका लागि छुटको व्यवस्था

काठमाडौं । नेपाल टेलिकमले कम्पनीका सेवा प्रयोग गरे वापत तिर्नुपर्ने...

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...