काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा पार्टीको कलम चुनाव चिह्नले कमाल गर्ने दावी गरेका छन् ।
होलीको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले आगामी निर्वाचनमा कलम चुनाव चिह्नले कमाल गर्ने र पार्टीको सामर्थ्य शक्ति चुनावको मैदानमा देखिने बताए ।
आफ्नो पार्टीको खिसिट्युरी गर्नेको हविगत आगामी चुनावमा देखिने समेत अध्यक्ष नेपालको भनाई छ । आगामी निर्वाचनमा फैसाला गर्ने अधिकार जनतालाई दिएको भन्दै प्रतिगामी भूमिका खेल्नेहरु पराजित हुने बताए ।
अध्यक्ष नेपालले समाजवादको बाटोमा अघि बढ्न चाहेको भन्दै यसलाई अवरोध गर्न दक्षिणपन्थी बिचलन देखा परेको बताए । उनले जिम्मेवार भएर समाज रुपान्तरणको भूमिका खेल्न सञ्चारमाध्यमलाई आग्रह गरे ।
वि.सं.२०७८ चैत ३ बिहीवार १४:५१ मा प्रकाशित






























