back
CTIZAN AD

घटेन सुन आयात, आठ महिनामा मात्रै २८ अर्ब बढीको खरिद

वि.सं.२०७८ चैत ७ सोमवार

762 

shares

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा नेपालमा ४ हजार ४४.५ केजी सुन भित्रिएको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि फागुनसम्मको अवधिमा उक्त सुन नेपाल भित्रिएको हो ।

उक्त मात्रामा सुन खरिद गर्दा २८ अर्ब १७ करोड ३२ लाख २७ हजार रुपैयाँ नेपालबाट बाहिरिएको विभागको तथ्याङ्कले देखाउँछ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा नेपालमा १६ अर्ब २८ करोड ३४ लाख ४२ हजार रुपैयाँको २ हजार ३ सय केजी सुन भित्रिएको थियो ।

चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालमा टर्की र युनाइटेड अरब इमिरेट्स (युएई)बाट मात्र सुन भित्रिएको छ ।

सो अवधिमा टर्कीबाट ५ अर्ब ९२ करोड ८७ लाख ५० हजार रुपैयाँ र युएईबाट २२ अर्ब २४ करोड ४४ लाख ७८ हजार रुपैयाँको सुन नेपालमा आएको छ ।

वि.सं.२०७८ चैत ७ सोमवार १८:०३ मा प्रकाशित

पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला

पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला

जलेश्वर (महोत्तरी) । महोत्तरीको सम्सी गाउँपालिका–५ पोखरभिण्डा गाउँबाट शुक्रबारदेखि हराएका...

रास्वपा कैलालीमा ठकुल्ला, बझाङमा उपाध्याय

रास्वपा कैलालीमा ठकुल्ला, बझाङमा उपाध्याय

गोदावरी (कैलाली) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको सभापतिमा कविन्द्र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको मौसम पूर्वानुमान, यी तीन प्रदेशका केही भू-भागमा वर्षा हुने

आजको मौसम पूर्वानुमान, यी तीन प्रदेशका केही भू-भागमा वर्षा हुने

काठमाडौँ । आज देशका विभिन्न भू–भागमा आंशिक बदलीदेखि बर्सातको सम्भावना...

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

सिमकोट (हुम्ला) । जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा...