back
CTIZAN AD

आक्रोशित जेलेन्स्कीले भने – नेटो रुससँग डरायो, यूक्रेनलाई अलमलमा पारिरह्यो

वि.सं.२०७८ चैत ८ मंगलवार

651 

shares

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले नेटो निकै कमजोर देखिएको टिप्पणी गरेका छन् । युक्रेनी समाचार च्यानल सास्पिल्नेसँग कुरा गर्दै जेलेन्स्कीले आफुहरुसँग गरेको व्यवहारले उनीहरु रुससँग निकै त्रसित भएको बताए ।

आफुँहरुलाई खुलेर समर्थन गर्न नै नेटो डराइरहेको उनको भनाई । “नेटोले या त अब हामीलाई स्वीकार गरिरहेको छ भन्नु पर्छ, वा खुलेर भन्नु पर्छ कि उनीहरू रुससँग डराउँछन्”, जेलेन्स्कीले भनेका छन्, “उनीहरूले हामीलाई किन स्वीकार गर्दैनन् ?”

जेलेन्स्कीले कसैले सहयोग नगरे पनि यूक्रेन रुससँग आत्मसमर्पण नगर्ने बताएका छन् । उनले यूक्रेन बहादुरहरुको देश भएको भन्दै अन्तिमसम्म लड्न तयार रहेको बताए ।

उनले युद्ध अन्त्य गर्ने सबालमा जुनसुकै शर्तमा भने आफुँ रुसी राष्ट्रपतिसँग छलफल गर्न तयार रहेको बताए । उनले वार्ताबाटै समाधान खोजिनुको विकल्प नरहेको बताए ।

रुस–युक्रेनबीच अहिलेसम्म कैयौं चरणको वार्ता भइसकेको छ तर समाधान भने निस्किएको छैन । दुई देशबीच युद्ध सुरु भएको २७ दिन भइसकेको छ । नेटो खुला रूपमा युक्रेनको पक्षमा नआएकोले, जेलेन्स्कीले युक्रेनलाई आफ्नो गठबन्धनमा समावेश गर्ने कि नगर्ने भनेर स्पष्ट पार्नुपर्छ भनेर माग गरिरहेका छन् ।

यो युद्धका कारण दुवै देशले ठूलो क्षति बेहोर्नु परेको छ । युक्रेनको तुलनामा रुस निकै शक्तिशाली देश भए पनि यसले पनि धेरै पीडा भोगिरहेको छ । मार्च २ मा रुसको रक्षा मन्त्रालयले युद्धमा आफ्ना ५०० सैनिक मारिएको बताएको थियो। अर्कोतर्फ युक्रेनले भने १५ हजार रुसी सैनिक मारिएको दाबी गरेको छ । जबकि अमेरिकाले ७ हजारको मृत्यु हुने अनुमान गरेको थियो । रुस युक्रेनमा गहिरो प्रवेश गरेको छ ।

वि.सं.२०७८ चैत ८ मंगलवार १२:१३ मा प्रकाशित

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

चितवन । अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व...

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...