काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ ।
बबरमहलस्थित कार्की ब्यांक्वेटमा आज ११ बजे बस्ने उक्त बैठक दुईदिन सम्म चल्ने छ ।
आजको बैठकमा स्थानीयतहको निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, केद्रीय कमिटीका लागि पार्टी कामको रिपोर्टिङ, समसामयिक राजनीतिक प्रतिवेदन, विभागहरूलाई पूर्णता लगायतका ऐजेण्डा तय गरिएको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।
एमालेको सोमबार (चैत ७ गते) बसेको बसेको पोलिट्ब्युरो बैठकले उक्त ऐजेण्डाहरु तय गरेको हो ।
वि.सं.२०७८ चैत ९ बुधवार ०९:३८ मा प्रकाशित






























