back
CTIZAN AD

नबिलको बसन्ती प्रेरणादायी पात्र अभियान

वि.सं.२०७८ चैत ९ बुधवार

1K 

shares

९ चैत, काठमाडौँ । एसिड आक्रमणबाट बाँच्न सफल भएकी बसन्ती परियारको वास्तविक जीवनम आधारित रहेर नबिल बैंकले एक सामाजिक सचेतना अभियान शुरु गरुेको छ । बसन्ती परियार एक यस्ती महिला हुन् जसलाई पिडकले एसिड मात्र छर्केन, ६ पटकसम्म चक्कुप्रहार गरेर मरणासन्न हुने गरी उनको जीवन नै समाप्त गर्ने उदेश्यले आक्रमण गर्यो । एसिड आक्रमणबाट बाँच्न सफल उनि अब एउटा पिडितको रुपमा होइन बहादुरी जीवनयापकको रुपमा आफ्नो पहिचान बनाउन चाहन्छिन् । थप, विगतका पिडाहरुलाई भुल्न नसके पनि बसन्ती ती पिडाहरु विरुद्ध लड्ने आँट भएकी प्रेरणा दायक महिलाको रुपमा अघी बढीरहेकी छिन् ।

बसन्तीको आँट, साहस, बहादुरी र आत्मविश्वासी अभियानलाई साथ दिन नबिल बैंकले यो पहल गरेको हो । यो अभियान मार्फत नबिलले मानिसको भित्री रुपको शक्ति र सामथ्र्यलाई जोड दिने सन्देश सहित यो अभियान मार्फत सौन्दर्यलाई नयाँ तरिकाले चित्रण गर्ने उदेश्य राखेको छ । यस बाहेक, नबिल एसिड आक्रमणको अँध्यारो र उज्यालो पक्षहरूलाई उजागर गर्ने प्रयास गर्दैछ ।

यस अभियानको सुरुवात गर्न बैंकले बसन्तीलाई चित्रण गर्ने सचेतना मूलक भिडियो तयार गरेको छ । यसै सिलसिलामा बैंकले चैत २२ गते विभिन्न क्षेत्रका विज्ञहरूलाई प्यानल राखेर एक छलफलको आयोजना गरेको छ । वरिष्ठ सामाजिक अभियान्ता उज्वल थापा, संचारकर्मी आरती चटौत, वरिष्ठ प्रहरी उपरिक्षक दुर्गा सिंह र डा. रोजिना सिल्पकार सहितको प्यानल छलफलमा एसिड आक्रमण र हाम्रो समाजका विविध पाटोहरुका सवाल उठान गरिएको थियो ।

प्यानल छलफलमा समावेश विभिन्न क्षेत्रका विज्ञहरूसंग नेपालमा एसिड आक्रमण विरुद्धका कानुनहरू, एसिड आक्रमणका घटनाहरूको विगत/वर्तमान परिदृश्य, एसिड आक्रमण पीडितहरूका लागि उपलब्ध चिकित्सा हेरचाह/सहयोग सम्बन्धी विषयमा छलफल भएको थियो । एसिड आक्रमण पीडितहरूमा आत्मविश्वास बढाउँन र एसिड आक्रमणको बारेमा आमजागरूकता बढाउँन यो छलफलले सहयोग पुग्ने विश्वास गरिएको छ ।

यस्ता खालका छलफलले एसिड अपराध विरुद्ध समाजका सबै सदस्यलाई जागरुक बनाइ स्टिरियोटाइपहरू तोड्न मिडियाको भूमिका र योगदानको संभावनाको बारेमा समेत छलफल भएको थियो । बसन्ती मोडेल मात्र होइनन्, प्रेरणादायी पात्र हुन् भन्ने सन्देश सहितको नबिलको यो अभियानले एसिड आक्रमण जस्ता आपराधको अन्त्यका लागि एक सामूहिक सन्देश दिन खोजेको छ । यो सन्देशमुलक अभियान आगामी दिनमा पनि जारी रहनेछ ।

वि.सं.२०७८ चैत ९ बुधवार १०:२७ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

काठमाडौँ । असार २०८३ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको...

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ ।आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ ।...