
काठमाडौं । नायिका करिश्मा मानन्धर एमालेमा प्रवेश गरेपछि कलाकार दीपकराज गिरीले कटाक्ष गर्दै आफु पनि पार्टीमा प्रवेश गर्न लागेको बताएका छन् ।
मंगलबार नायिका मानन्धर नेकपा एमालेमा प्रवेश गरेपछि गिरीले सामाजिक संजालमा कटाक्ष गर्दै कलाकारहरु पार्टी प्रवेश गरिरहेका बेला आफुले पनि पार्टीमा जाने निर्णय गरेको बताएका छन् ।
‘चुनाब आयो ! हाम्रा कलाकार साथिहरू बिस्तारै पार्टी प्रबेश गर्दै हुनुहुन्छ ! त्यसैले मैले पनि पार्टीमा जाने निर्णय गरे ! तर उहाँहरूले पार्टी पो कहिले दिने हो कुन्नि ?’
गिरीले कलाकारहरु पार्टी प्रवेश गरेको खुसीयालीमा पार्टीदिने र आफु् उक्त पार्टीमा जाने निर्णय गरेको भनिएपनि उनका धेरै शुभ चिन्तकहरुले कुन पार्टीमा जान लागेको ? भन्ने प्रश्न गरेका छन् ।
एमालेकी नेतृ शान्ता चौधरीले समेत गिरीलाई पार्टीमा स्वागत गर्न आतुर रहेको कमेन्ट गरेकी छन् ।
‘हाम्रो पार्टी तपाईलाइ पर्खेर बसेको छ छिटो आउनु पर्यो है ।’ नेतृ चौधरीले भनेकी छन् ।
चुनाव आउन लागेका बेला कलाकारहरुको पार्टी प्रवेश गर्ने क्रम चलेको भन्दै गिरीले यस्तो कटाक्ष गरेका हुन् ।
वि.सं.२०७८ चैत ९ बुधवार १३:०२ मा प्रकाशित