
कास्की । भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका-९ का सेते गर्वुजा रहेका छन् । उनलाई १ थान भरूवा बन्दुक सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सोही गाउँपालिका-९ उल्लेरीमा बन्दुक पड्केको आवाज आएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी विरेठाटीबाट खटिएको प्रहरीले सोधपुछ गर्दा गर्वुजाले भरुवा बन्दुक पड्काई भागेको भन्ने थाहा पाएपछि उनको खोजी गर्ने क्रममा जंगलमा लुकी बसेको अवस्थामा बन्दुक सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फाइल फोटो
वि.सं.२०७८ चैत ९ बुधवार १२:५६ मा प्रकाशित