back
CTIZAN AD

चिनियाँ विदेशमन्त्री आज तीनदिने भ्रमणमा नेपाल आउँदै

वि.सं.२०७८ चैत ११ शुक्रवार

702 

shares

काठमाडौं । चिनिया विदेशमन्त्री वाङ यी तीनदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउदै छन् ।

परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणमा तीनदिने औपचारिक भ्रमणका लागि नेपाल आउन लागेका विदेशमन्त्री वाङको भ्रमणका क्रममा नेपाल–चीनबीच भएका पुराना सम्झौता कार्यान्वयन तहमा लैजाने तथा केही नयाँ विषयमा सम्झौता हुने बताइएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार जलविद्युत् परियोजना, ट्रान्स हिमालयन सम्पर्क सन्जाल, बिआरआइ परियोजनासँग सम्बन्धीत विषयमा छलफल हुने बताइएको छ । साथै कोरोना महामारीपछिको आर्थिक पुर्नस्थापर्ना तथा भविष्यमा आइपर्ने महामारी जन्य संकटका विषयमा चीनले गर्न सक्ने आर्थिक सहयोगका विषयमा पनि खाका बनाइएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी केही नयाँ सम्झौता र सहमतिको तयारी रहेको र ती विषयका प्राथमिकताका आधारमा दुई देशको प्रतिनिधि मण्डलबीच हुने वार्ताले सम्झौताको आधार तय गर्ने पनि परराष्ट्र मन्त्रालयका चीन मामिला हेर्ने सहसचिव लोक बहादुर थापाले जानकारी दिएका छन् ।

तीनदिने नेपाल भ्रमणका क्रममा विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेर बहादुर देउवासँग शिष्टाचार भेटघाट तथा चैत १२ गते परराष्ट्रमन्त्री खड्कासँग दिपक्षय भेटघाटको कार्यक्रम रहेको बताइएको छ ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटघाटको कार्यक्रम रहेको बताइएको छ ।

गत फागुन १५ गते संसदबाट अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना संसदबाट पारित भएसँगै छिमेकी देश चीनबाट हुन लागेको यो उच्चस्तरीय भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

वि.सं.२०७८ चैत ११ शुक्रवार १०:१२ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...