back
CTIZAN AD

बीमा कम्पनीको चुक्ता पूँजी वृद्धि

वि.सं.२०७८ चैत ११ शुक्रवार

663 

shares

११ चैत, काठमाडौँ । बीमा कम्पनीको चुक्ता पुँजी वृद्धि गरी जीवन बीमा कम्पनीको चुक्ता पूँजी रु पाँच अर्ब र निर्जिवन बीमा कम्पनीको चुक्ता पूँजी रु साढे दुई अर्ब पु¥याइएको छ ।

समितिको बिहिबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी वृद्धि गर्दा समग्रमा नेटवर्थ बढाइ सोअनुरुप कम्पनीको जोखिम बहन क्षमता बढाइने र कम्पनी आपसमा गाभिन अनुकूल वातावरण सिर्जना हुने बताइएको छ । ठूलो पूँजी भएमा सेवाको लागत कम भई बीमाको पहुँच बिस्तार गर्न, ठूलो पूँजी कायम गरी कम्पनीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण तयार गर्न र जोखिममा आधारित पूँजीसँग सामञ्जस्यता हुने गरी चुक्त पूँजी कायम गर्न पूँजी वृद्धिको निर्णय गरिएको समितिले जनाएको छ ।

चुक्ता पूँजी आगामी वर्ष चैतसम्ममा कायम गरिसक्नुपर्ने र निर्धारित पूँजी सो समयावधि भित्रमा पु¥याउन नसक्ने कम्पनीले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका, २०७६’ अनुसार हुने गरेर पूँजी कायम गर्नुपर्ने उल्लेख छ । कम्पनीले ३० दिनभित्र आफ्नो पूँजी योजना सम्बन्धित बोर्डबाट निर्णय गराई समितिमा पेश गर्नुपर्ने व्यवस्था गरिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

वि.सं.२०७८ चैत ११ शुक्रवार १०:१९ मा प्रकाशित

वित्तीय अवस्थामा उल्लेख्य सुधार: एमएडब्लूको रेटिङ्ग LBBB-/A3 मा उक्लियो

वित्तीय अवस्थामा उल्लेख्य सुधार: एमएडब्लूको रेटिङ्ग LBBB-/A3 मा उक्लियो

काठमाडौं । ICRA नेपाल लिमिटेडले एमएडब्लू हायर पर्चेज प्राइभेट लिमिटेड...

नेपाल लाइफको विशेष योजना: व्यतीत बीमालेख पुनर्जागरणमा १००% विलम्ब शुल्क छुट

नेपाल लाइफको विशेष योजना: व्यतीत बीमालेख पुनर्जागरणमा १००% विलम्ब शुल्क छुट

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले आफ्नो २५औँ...

सेयर कारोबार हप्ताकाे पाँच दिन मात्र हुने

सेयर कारोबार हप्ताकाे पाँच दिन मात्र हुने

काठमाडौं: सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने...