back
CTIZAN AD

सेयर कारोबार हप्ताकाे पाँच दिन मात्र हुने

वि.सं.२०८२ चैत २३ सोमवार

462 

shares

काठमाडौं: सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै यस साता सेयर बजारमा केही असाधारण परिवर्तन आउने भएको छ। नेप्सेले पनि सरकारले घोषणा गरेको सार्वजनिक बिदासँगै आफ्नो कारोबार तालिका समायोजन गरेको छ।

आइतबार साँझ भएको नेप्से सञ्चालक समितिको बैठकले सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको छ। नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईंले जानकारी दिँदै भने, “सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि हामीले पनि शुक्रबार बजार सञ्चालन गर्ने निर्णय गरेका हौं। यसले लगानीकर्तालाई बजारमा उपस्थित हुने थप अवसर दिनेछ।”

सिईओ चापागाईंका अनुसार यो निर्णय यही सातादेखि लागू हुनेछ। उनले स्पष्ट पारे, “यस साता आइतबार बजार बन्द रहनेछ, तर शुक्रबार कारोबार खुल्नेछ। कारोबारको समय भने ११ बजेदेखि ३ बजेसम्म यथावत् रहनेछ।” यसअघि आइतबारदेखि बिहीबारसम्म नियमित रूपमा सेयर कारोबार हुँदै आएको थियो।

विशेषज्ञहरूले पनि यो कदमलाई लगानीकर्तालाई सहजता प्रदान गर्ने र बजारमा अनावश्यक अस्थिरता कम गर्ने उपायको रूपमा मूल्याङ्कन गरेका छन्। बजार खोल्ने निर्णयले कम्पनीहरूको शेयर मूल्य र लगानीकर्ताको व्यापारिक योजना बनाउनमा पनि प्रत्यक्ष प्रभाव पार्नेछ। यससँगै नेप्सेले आफ्नो समयतालिका सरकारको सार्वजनिक बिदासँग मिलाउँदै लगानीकर्ताका लागि सुविधा बढाएको छ।

 

वि.सं.२०८२ चैत २३ सोमवार १३:११ मा प्रकाशित

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

बन्दीपुर (तनहुँ) । तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद...

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुर । चार वर्षदेखि जापनिज इन्सेफ्लाइटिस पुष्टि भएका बिरामी नदेखिएको...

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने...

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि...

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...