back
CTIZAN AD

आजबाट सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको १७ वर्ष पूरा, २०औँ वर्षमा प्रवेश

वि.सं.२०८३ वैशाख ८ मंगलवार

555 

shares

काठमाडौं । Citizens Bank International Limited ले आजबाट आफ्नो स्थापना भएको १७ वर्ष पूरा गरी २०औँ वर्षमा प्रवेश गरेको छ। २०६४ साल बैशाख ७ गते ‘क’ वर्गको वाणिज्य बैंकको रूपमा स्थापना भएको यस बैंकले निरन्तर रूपमा ग्राहककेन्द्रित सेवा विस्तार गर्दै आएको छ।

स्थापनादेखि हालसम्म बैंकले देशभर आफ्नो सेवा सञ्जाल विस्तार गर्दै वित्तीय पहुँचलाई सुदृढ बनाएको छ। हाल बैंकले २०० भन्दा बढी शाखा, १६० भन्दा बढी एटिएम, तथा विस्तारित काउन्टर र शाखारहित बैंकिङ सेवा मार्फत लाखौं ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।

वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू पनि सञ्चालन गरेको छ। वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले जनचेतनामूलक कार्यक्रमहरू आयोजना गर्नुका साथै रक्तदान कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ। साथै, विभिन्न प्रदेशहरूमा निःशुल्क स्वास्थ्य परीक्षण तथा सामाजिक सेवामूलक कार्यहरू समेत गरिएको छ।

बैंकले प्रविधिमैत्री सेवा विस्तारमा विशेष जोड दिएको छ। मोबाइल बैंकिङ सेवा ‘Dizi Banking’ मार्फत KYC विवरण अद्यावधिक गर्ने सुविधा उपलब्ध गराउनुका साथै, ग्राहकहरूलाई सहज डिजिटल बैंकिङ अनुभव प्रदान गर्न विभिन्न नवीनतम प्रविधि अपनाइएको छ।

त्यसैगरी, Fonepay Payments Service Limited सँगको सहकार्यमा Micro SME तथा Mid SME ग्राहकका लागि ‘Fonepay Corporate Solutions’ सेवा सञ्चालनमा ल्याइएको छ। यसमार्फत मोबाइल, कम्प्युटर वा API प्रणाली प्रयोग गरी भुक्तानी तथा वित्तीय कारोबार अझ सहज बनाइएको बैंकले जनाएको छ।

आगामी दिनहरूमा पनि ग्राहकलाई सुरक्षित, भरपर्दो तथा आधुनिक बैंकिङ सेवा प्रदान गर्दै वित्तीय समावेशीकरणमा योगदान पुर्‍याउने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।

 

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:२४ मा प्रकाशित

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

लागोस, नाइजेरिया । नेपालमा आएको बाढीबाट प्रभावित नागरिकका लागि अफ्रिकामा...

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...