back
CTIZAN AD

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

वि.सं.२०८३ वैशाख ८ मंगलवार

2.1K 

shares

नवलपुर । देवचुली नगरपालिका–१५, प्रगतिनगरस्थित प्रतिष्ठित जनज्योति माध्यमिक विद्यालय मा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। नवगठित समितिका अध्यक्षमा चयन भएका प्रितम भुजेल ले एक औपचारिक कार्यक्रमबीच पदभार ग्रहण गरेका छन्। शिक्षा क्षेत्रमा लामो अनुभव र सक्रिय सहभागिता जनाउँदै आएका भुजेल विद्यालय व्यवस्थापन तथा शैक्षिक सुधारका क्षेत्रमा परिचित व्यक्तित्व मानिन्छन्।

अध्यक्ष भुजेलले यसअघि जनज्योति विद्यालय मर्ज कार्यदलका संयोजक, सोही विद्यालयको आधारभूत तहका संस्थापक संयोजक तथा विभिन्न शैक्षिक संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्। उनी प्रेस सेन्टर नेपाल नवलपुरका अध्यक्ष, नेपाल पत्रकार महासंघ नवलपुर शाखाका कार्यसमिति सदस्य, साथै जनज्योति आदर्श बहुमुखी क्याम्पसका सञ्चालक सदस्यका रूपमा समेत सक्रिय रहँदै आएका छन्।

नयाँ व्यवस्थापन समितिमा अध्यक्ष भुजेलसँगै बेनुमाधव भट्टराई, कला बस्याल, पुनम श्रेष्ठ, देवेन्द्रमणि त्रिपाठी र शोभा पौडेल न्यौपाने सदस्यका रूपमा चयन भएका छन्। समितिले विद्यालयको समग्र विकास, शैक्षिक गुणस्तर अभिवृद्धि तथा व्यवस्थापन सुधारका क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

पदभार ग्रहण कार्यक्रममा पूर्व अध्यक्ष रामप्रसाद मरासिनी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा विभिन्न स्थानीय जनप्रतिनिधि, शिक्षाविद् तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले नवगठित समितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भुजेलले “सुखी शिक्षक, सुखी विद्यार्थी र गुणस्तरीय शिक्षा” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै विद्यालयको समग्र विकासमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए। उनले शिक्षक, अभिभावक र समुदायबीच सहकार्य सुदृढ गर्दै विद्यालयलाई उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

पदभार ग्रहण कार्यक्रममा विद्यालयका पूर्व व्यवस्थापन समिति अध्यक्ष रामप्रसाद मरासिनी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा देवचुली नगरपालिकाकी कार्यपालिका सदस्य पार्वती कडेल अर्याल, वडा नं. १५ का अध्यक्ष सुरेश रानाभाट, वडा नं. १० का अध्यक्ष रेप्ती कुमार घर्ती, जनज्योति आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख जयनारायण सापकोटा तथा विद्यालयका प्रधानाध्यापक मीनबहादुर दाहाल लगायतले नवगठित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए

कार्यक्रमको सञ्चालन शिक्षक सोम सुवेदीले गरेका थिए।

वि.सं.२०८३ वैशाख ८ मंगलवार १०:५२ मा प्रकाशित

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३०...