१ असोज, काठमाडौँ । आईपिएलमा आज २ खेल हुदैँछन् । पहिलो खेलमा मुम्बई इंडियन्स र दिल्ली क्यापिट्ल्स भिड्न गईरहेका छन भने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोर र पंजाब किंग्स भिड्ने छन ।
मुम्बई र दिल्ली बिचको खेल नेपाली समय अनुसार ३:४५ बाट सुरु हुनेछ । मुम्बईको कप्तानी रोहित शर्माले गर्ने छन भने दिल्ली क्यापिट्ल्सको कप्तानी रिषभ पंतले गर्ने छन । यी दुई टिम बिच आईपिएलमा भने अहिलेसम्म ३० खेल भएको छ जसमा मुम्बईले १६ खेलमा जित हासिल गर्दा दिल्लीले २४ खेलमा जित हासिल गरेको छ ।
मुम्बईको सम्भावित प्लेइङ्ग-११
रोहित शर्मा (कप्तान), इशान किशन, तिलक वर्मा, टिम डेभिड, किरोन पोलार्ड, डेनियल साम्स, सञ्जय यादव, मयंक मार्कंडे, जयदेव उनाडकट, जसप्रित बुमराह, टिमल मिल्स ।
दिल्लीको सम्भावित प्लेइङ्ग-११
टिम सेफर्ट, पृथ्वी शा, मनदीप सिंह/केएस भरत, ऋषभ पन्त (कप्तान), रोभमान पावेल, सरफराज खान, अक्षर पटेल, शार्दुल ठाकुर, चेतन सक्रिया/कुलदीप यादव, कमलेश नगरकोटी, खलील अहमद ।
आज हुने बेङ्गलोर र पंजाब बिचको दोस्रो खेल भने नेपाली समय अनुसार ७:४५ बाट सुरु हुनेछ । रोयल च्यालेन्जर्स बेङ्गलोरको कप्तानी फाफ डु प्लेसिसले गर्ने छन भने पंजाब किंग्सको कप्तानी मयंक अग्रवालले गर्ने छन । यी दुई टिम बिच आईपिएलमा अहिलेसम्म २८ खेल भएको छ जसमा बेङ्गलोर १३ खेलमा जित हासिल गर्दा पंजाबले १५ खेलमा जित हासिल गरेको छ ।
बेङ्गलोरको सम्भावित प्लेइङ्ग-११
फाफ डु प्लेसिस (कप्तान), अनुज रावत, विराट कोहली, शेरफान रदरफोर्ड, महिपाल लोमरर, दिनेश कार्तिक, वानिन्दु हसरंगा, हर्षल पटेल, शाहबाज अहमद/कर्ण शर्मा, मोहम्मद सिराज, डेभिड विली ।
पंजाबको सम्भावित प्लेइङ्ग-११
शिखर धवन, मयंक अग्रवाल (कप्तान), लियाम लिभिङस्टोन, भानुका राजपाक्षे, शाहरुख खान, प्रभसिमरन सिंह, ओडेन स्मिथ, नाथन एलिस/हरप्रीत ब्रार, सन्दीप शर्मा, अर्शदीप सिंह, राहुल चाहर ।
वि.सं.२०७८ चैत १३ आइतवार १३:०६ मा प्रकाशित
























