back
CTIZAN AD

चिनियाँ विदेशमन्त्रीलाई ओलीले भने – बन्द नाका सूचारु हुनुपर्‍यो

वि.सं.२०७८ चैत १३ आइतवार

756 

shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालसँगका नाका खुलाउन चिनियाँ विदेशमन्त्री वाङ यीसँग आग्रह गरेका छन् । आइतबार होटल मेरियटमा विदेशमन्त्री वाङ यीलाई भेट्दै उनले यस्तो आग्रह गरेका हुन् ।

ओलीले बिआरआईअन्तर्गतका आयोजनाहरुलाई छिटोभन्दा छिटो कार्यान्वयनमा लैजान पनि विदेशमन्त्री वाङसँग आग्रह गरेका थिए । एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले बताएअनुसार भेटवार्तामा अध्यक्ष ओलीले चीन जान रोकिएका विद्यार्थीको अध्ययनका विषयमा चासो राखेका थिए ।

“बिआराई अन्तर्गतका आयोजनाहरुलाई निरन्तरता दिनुपर्छ, तिनलाई चाडो सक्नपर्छ। रेल, सिँचाइ, सडक, जलविद्युत् अनि नाका व्यवस्थित गर्ने आयोजनामा चीनको सहयोग होस् भनेर अध्यक्षले भन्नुभएको छ”, भट्टराईले भने, “शिक्षा, स्वास्थ्यमा समेत चिनियाँ सहयोग अगाडि बढ्दा समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सहयोग गर्छ। बन्द नाकाहरु चाडै सुचारु बनुन र चीन जान रोकिएका विद्यार्थीहरुको अध्ययन सुचारु बनाउनका लागि ध्यान दिन आग्रह गर्नुभएको छ।”

भेटवार्तामा चिनियाँ विदेशमन्त्रीले तत्कालीन र दीर्घकालीन योजनाहरु छिटोभन्दा छिटो कार्यान्वयनमा लैजान चीन प्रतिबद्ध रहेको भनेको पनि भट्टराईले जानकारी दिए । कोभिड महामारीको बेला चीनले स्वास्थ्य उपकरण र खोप सहयोग गरेकोप्रति पनि ओलीले आभार व्यक्त गरेका थिए ।

वि.सं.२०७८ चैत १३ आइतवार १३:०९ मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...