गोरखा । भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अजिरकोट गाउँपालिका-५ मुचुकटारका अर्जुन पाण्डे रहेका छन् । उनलाई १ थान भरूवा बन्दुक सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरीले उनको घरमा तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फाइल फोटो
वि.सं.२०७८ चैत १६ बुधवार १३:४१ मा प्रकाशित






























