back
CTIZAN AD

जिल्लामा महिला मतदाताको संख्या बढी

वि.सं.२०७८ चैत १६ बुधवार

495 

shares

लमजुङ । लमजुङ जिल्लामा महिला मतदाताको संख्या बढी देखिएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा एक लाख ३१ हजार ४९४ मतदाताले भोट हाल्ने भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार तीमध्ये ६४ हजार ४१ पुरुष र ६७ हजार ४५३ महिला मतदाता रहेका छन् ।

जिल्लाका आठ स्थानीय तहमध्ये क्व्होलोसोथार गाउँपालिकामा नौ हजार २९, दूधपोखरीमा आठ हजार ८८८, दोर्दी गाउँपालिकामा १५ हजार ८४, बेँसीशहर नगरपालिकामा २६ हजार २०७ जना मतदाता छन् ।

मध्यनेपाल नगरपालिकामा २० हजार ९२, मस्र्याङ्दी गाउँपालिकामा १५ हजार १४०, राइनास नगरपालिकामा १५ हजार ९८९ र सुन्दरबजार नगरपालिकामा २० हजार ७९६ जना मतदाता छन् । जिल्लामा १२३ मतदानस्थल र १८२ मतदात केन्द्र छन् ।

निर्वाचन कार्यालयले लमजुङका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ । आयोगले लमजुङको मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश शिवप्रसाद खनाललाई तोकेको छ ।

जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख निर्वाचन अधिकृत सिर्जना मिश्रका अनुसार विसं २०७४ वैशाख ३१ गते भएको निर्वाचनमा जिल्लामा कूल एक लाख ५ हजार ९९२ मतदाता थिए । विसं २०७७ पुस ५ गते प्रकाशित नामावली एक लाख २२ हजार ८०६ थियो ।
रासस

वि.सं.२०७८ चैत १६ बुधवार १५:४८ मा प्रकाशित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको...

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको अन्वेषण तथा अनुसन्भान स्थलमा...

छात्रवृत्तिका लागि अक्षयकोष स्थापनाको सम्झौता

छात्रवृत्तिका लागि अक्षयकोष स्थापनाको सम्झौता

कर्णाली । मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिकाबीच रु दुई करोड...

बिक्री हुन थाल्यो तम्घासमा फोहोर

बिक्री हुन थाल्यो तम्घासमा फोहोर

गुल्मी । गुल्मी सदरमुकाम तम्घासमा फोहोर बिक्री हुन थालेको छ।...

चैतमा नौ सय विपद्का घटना, तीस जनाको मृत्यु

चैतमा नौ सय विपद्का घटना, तीस जनाको मृत्यु

काठमाडौँ । गत चैतमा विपद्का घटनामा परी देशका विभिन्न भागमा...

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

दाङ । बबई गाउँपालिका वडा नं. १ र ५ लाई...