back
CTIZAN AD

पार्किङ गरिएका दुई सवारीसाधनमा आगजनी

वि.सं.२०७८ चैत १७ बिहीवार

684 

shares

बेनी । बेनी – दरबाङ सडकखण्ड अन्तर्गत म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा रहेको दुई सवारीसाधनमा आगजनी भएको छ । आज बिहान करिब ४ बजे सडकमा पार्किङ गरिएका भ्यान र ट्याक्सीमा अज्ञात व्यक्तिबाट आगजनी गरिएको बताइएको छ । सडकमै पार्किङमा रहेका ध १ ज ९८६ नं को भ्यान र ध १ ज ७२६ नं को ट्याक्सीमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार सवारी साधनमा आगलागी गर्ने व्यक्तिको पहिचान भएको छैन ।

बुधबार बेलुका करिब ७ बजे दुबै सवारीसाधन एक आपसमा ठोक्किएर सामान्य दुर्घटना भएपछि भएको क्षति दुबैपक्षले एकआपसमा व्यहोर्ने गरी मिलापत्र गराइएको थियो । दुबै सवारी साधनका धनी स्थानीयवासी नै भएकाले तिनलाई डम्मरास्थित सडकमै पार्किङ गरिएकामा आगलागी भएपछि घटना रहस्यमय बनेको छ ।

 

 

 

 

 

वि.सं.२०७८ चैत १७ बिहीवार ११:५५ मा प्रकाशित

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

काठमाडौँ । हुलाक सेवा विभागले मुलुकको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...