back
CTIZAN AD

चेन्नाईको लगातार दोस्रो हार, इभिन लुईसको विस्फोटक ब्याटिङ्ग

वि.सं.२०७८ चैत १८ शुक्रवार

765 

shares

१८ चैत, काठमाडौँ । २०२२ को आईपिएलमा चेन्नाई सुपर किंग्स लगातार दुई खेलमा पराजित भएको छ । चेन्नाई आफ्नो दोस्रो खेलमा लखनऊ सुपर जायन्ट्ससँग ६ विकेटले पराजित भएको हो ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको चेन्नाईले २० ओभरमा ७ विकेट गुमाएर २१० रन बनाएको थियो । चेन्नाईका लागि ब्याटिङ्गमा रविन उथप्पाले सर्वाधिक ५० रनको पारी खेलेका थिए भने लखनऊका लागि बलिङ्गमा रवि बिश्नोई, अवेश खान र एन्ड्रयू टाईले समान २ २ विकेट हात पारेका थिए ।

चेन्नाईले दिएको २११ रनको विशाल लक्ष्य लखनाऊले १९.३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । लखनाऊका लागि क्विन्टन डि ककले सर्वाधिक ६१ रन बनाएका थिए । त्यसैगरी इभिन लुईसले २३ बलमा ५५ रनको विस्फोटक पारी खेल्र्दै टिमलाई जित दिलाएका थिए । चेन्नाईका लागि बलिङ्ग तर्फ ड्वेन प्रिटोरियसले सर्वाधिक २ विकेट हात पारेका थिए ।

जितसँगै लखनाऊले २ खेलबाट २ अकं जोडेको छ ।

वि.सं.२०७८ चैत १८ शुक्रवार ०९:५६ मा प्रकाशित