back
CTIZAN AD

चुनाव केन्द्रीत माओवादीको तेस्रो परिपत्र, यस्तो छ उम्मेदवार छनोटको मापदण्ड

वि.सं.२०७८ चैत १९ शनिवार

759 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय निर्वाचन लक्षित तेश्रो परिपत्र जारी गरेको छ । शुक्रबार सो पार्टीले तेश्रो विशेष परिपत्र जारी गरेको हो ।

आन्तरिक परिपत्रमा विशेष परिस्थितिबाहेक पहिले विजयी उमेदवारलाई नदाहोर्याउन निर्देशन गरिएको छ । परिपत्रमा उम्मेदवार देश, जनता, पार्टी र क्रान्तिप्रति इमान्दार र निष्ठावान हुनुपर्ने, स्वच्छ छवि भएको हुनुपर्ने मापदण्ड तोकिएको छ ।

परिपत्रमा निर्वाचनमा उम्मेदवार चयन गर्दा अपनाउनुपर्ने मापदण्ड स्पष्ट रुपमा उल्लेख गर्नुका साथै गठबन्धन दलहरुबीचमात्रै निर्वाचनमा तालमेल गर्न पाईने निर्णय पनि प्रेसित गरिएको छ भने समावेशी समानुपातिक प्रतिनिधित्वलाई लागू गर्न पनि निर्देशन दिइएको छ ।

अध्यक्ष प्रचण्डले सत्तारुढ गठबन्धनको बैठकपछि तेस्रो परिपत्र जारी गराएका हुन् । गठबन्धनका दलहरुबीच आगामी स्थानीय तहको निर्वाचनमा सहकार्य गर्ने सहमति भएको छ । सोहीअनुसार प्रचण्डले परिपत्र जारी गरेका हुन् ।

माओवादीमा उम्मेदवार छनोटको यस्तो छ मापदण्ड

विशेष परिस्थितिबाहेक सामान्यतया विगतका जनप्रतिनिधिलाई नदाहोर्याउने ।

देश जनता, पार्टी र क्रान्तिप्रति निष्ठावान रहेको ।

स्वच्छ छवि भएको ।

विजयको सम्भावना भएको लोकप्रिय व्यक्ति छनौटमा ध्यान दिने ।

पार्टी अनुशासनप्रति निष्ठावान हुनुपर्ने ।

समानुपातिक समावेशी प्रतिनिधित्वको आधारलाई विशेष ध्यान दिने ।

वि.सं.२०७८ चैत १९ शनिवार १७:५४ मा प्रकाशित

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी...

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...