back
CTIZAN AD

ओलीको गुनासो : वामपन्थी भनेपछि प्रचण्डलाई सम्झन्छन् !

वि.सं.२०७८ चैत २१ सोमवार

912 

shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादीहरुलाई मात्रै वामपन्थी भनेर बुझिएको भन्दै गुनासो गरेका छन् । सोमबार प्रगतिशील इन्जिनियर्स एसोसिएसन नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले “वामपन्थी भनेपछि प्रचण्ड र माओवादीलाई बुझ्ने अवस्था” भएको बताए ।

उनले आफुँ कम्युनिष्ट भएको भन्दै प्रचण्डलाई कम्युनिष्ट भनेर बुझ्न नहुने बताए । “वामपन्थी भनेपछि मान्छेले प्रचण्ड सम्झिन्छन्, अनि कसरी हुन्छ !”, उनले भने, “ म कम्युनिस्ट हुँदा, प्रचण्ड कम्युनिस्ट हुनै सक्दैनन्। त्यो सम्भव नै छैन। दुइटा एउटै कुरा कसरी हुन्छ। उहाँ अकारण देशमा द्वन्द्व मच्चाउनुहुन्छ। म शान्तिको पक्षमा हुन्छु। उहाँ जातजातमा भिडाउन खोज्नुहुन्छ मान्छेलाई। म मिलाउन खोज्छु ।”

प्रचण्डले जात, धर्म र क्षेत्रीयताको मुद्दामा राजनीति गरिरहेको ओलीको आरोप छ । उनले प्रचण्डको कारण देशमा अस्थिरता निम्तिरहेको पनि बताए ।

प्रचण्ड वामपन्थी आन्दोलनलाई कमजोर पार्न लागिपरेको उनको भनाई छ । “उहाँ भत्काउने काम गर्नुहुन्छ, म बनाउने काम गर्छु। मैले एकता गराउने काम गरेँ। उहाँ फुटाएर हिँड्नुभयो”, उनले भनेका छन् ।

एक अर्को प्रसंगमा बोल्दै ओलीले पाँच दलीय गठबन्धन आफैं सकिने टिप्पणी गरेका छन् । निर्वाचनबाटै गठबन्धन सकिने ओलीको टिप्पणी छ ।

“पाँच दलीय गठबन्धन भन्नुहुन्छ नि, यो दुई दिनको केटाकेटीको खेल हो। अदालतले ल्याएर जोडजाड गरिदिएको पुतली। टालाटुली बटुली कति राम्रा पुतली भनेजस्तो यी टालाटुली बटुलेका पुतलीहरु राम्रा पनि छैन। टाला पनि मिलाएर बनाउन जानेको छैन”, उनले भने ।

वि.सं.२०७८ चैत २१ सोमवार १७:३० मा प्रकाशित

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...