back
CTIZAN AD

२८ गते २८ औं बार्षिक उत्सव मनाउँदै वाग्मती सभ्यता

वि.सं.२०७८ चैत २६ शनिवार

891 

shares

काठमाडौं । अधिकार सम्पन्न वाग्मती सभ्यता एकिकृत विकास समितिले २८ औं बार्षिक उत्सव मनाउने भएको छ । समितिले शनिबार पत्रकार सम्मेलन गर्दै चैत २८ गते आफ्नो २८ औं बार्षिक उत्सव मनाउने जानकारी दिइएको हो । समितिले सोमबार गर्ने बार्षिक उत्सवको औपचारिक कार्यक्रमको तयारी पुरा भएको जनाएको छ । समितिले आफ्नो वार्षिक उत्सवको अवसरमा खेलकुद, साहित्यिक कार्यक्रमको रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ ।

समितिले विनाशकारी भुकम्प २०७२बाट क्षति पुगेका नदी किनारका २८ वटा धार्मिक, ऐतिहासिक मठमन्दिर तथा स्मारकहरुको पुननिर्माण गरि ११ वटा हस्तान्तरण भएको र बाँकी चालु आर्थिक वर्षमा सम्पन्न हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । नेपाल सरकारबाट स्विकृत सन् २००९ देखि १४ सम्मको वागमती कार्ययोजना (एक्सन प्लान) को आधारमा दातृ निकाय, एबीडी तथा नेपाल सरकारको लगानीमा विभिन्न आयोजनाहरु अघि बढिरहेको समेत जानकारी दिइएको छ । समितिका अनुसार चालु आर्थिक वर्षमा २० वर्षे वाग्मती कार्ययोजना तयारीको क्रममा रहेको छ । जसबाट हाल सम्मको उपलब्धी र भावी कार्यदिशा स्पष्ट हुने छ ।

No description available.

प्रत्येक वर्ष आवश्यक बजेट प्राप्त हुन नसक्दा नदी करिडोरको लागि जग्गा प्राप्त हुन कठिनाई भएको कारणले नदी करिडोर संरक्षण तथा निर्माणले गति लिन कठिनाई भएको समितिले जनाएको छ । समितिले वाग्मती र सहायक नदी किनारमा रहेका अस्थाई बसोवासीहरुलाई व्यवस्थापन गरी नदी किनारलाई खाली गराउनु पर्ने आफ्नो दायित्व रहेको जनाएको छ । यसका लागि शहरी विकास मन्त्रालयबाट गत फागुन १६ मा समितिको कार्यक्षेत्र भित्र रहेका अव्यवस्थित बसोवासीहरुलाई व्यवस्थित गराउन सरोकारवालाहरु संग समन्वय गरी दिर्घकालीन समाधानको लागि खाका तयार गर्न समन्वय समिति गठन भई कार्यरत रहेको समितिले जनाएको छ । समितिले पहिलो चरणमा वागमती नदीको गोकर्ण देखि पशुपति क्षेत्र सम्म ढलको उचित व्यवस्थापन गरी वागमतीलाई ढल मुक्त बनाइने उल्लेख गरेको छ ।

वाग्मती नदी र सहायक नदीहरुकोे उद्गम स्थल बागद्धार देखि कटुवाल दहसम्म प्रदुषणमुक्त गराई नदी प्रणालीको संरक्षण र सम्बद्र्धन गरी वातावरणीय स्वच्छता कायम गराउने उदेश्यका साथ २०५१ साल चैत २८ गते अधिकार सम्पन्न वागमती सभ्यताा एकिकृत विकास समितिको स्थापना भएको थियो ।

वि.सं.२०७८ चैत २६ शनिवार १८:२९ मा प्रकाशित

एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको उपचारका क्रममा निधन

एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको उपचारका क्रममा निधन

दाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दाङका पूर्वअध्यक्ष तथा पार्टीको...

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...

आजको मौसमः यी स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना !

आजको मौसमः यी स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिँदै

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिँदै

काठमाडौँ । नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदैछ...

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् मातहतका तीनवटा संसदीय समितिको बैठक बस्दैछ...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...