back
CTIZAN AD

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पारित

वि.सं.२०७८ चैत २७ आइतवार

660 

shares

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको छ ।

शनिबार मध्यराति खानको विपक्षमा १७४ सांसदले मतदान गरेपछि उनी पदमुक्त भएका हुन् ।

खान पदमुक्त भएसँगै आइतबार दिउँसो २ बजे बस्ने संसदको बैठकले नयाँ प्रधानमन्त्रीको चयन गर्नेछ ।

पाकिस्तान मुस्लिम लिग–एन (पीएमएल–एन) का नेता शेहबाज शरीफ नयाँ प्रधानमन्त्रीको उम्मेदवारका रूपमा चर्चा गरिएको छ ।

खानविरुद्ध संसदबाट अविश्वासको प्रस्ताव पारित भएपछि सदनलाई सम्बोधनगर्दै पीएमएल–एनका अध्यक्ष शाहबाज शरीफले आज पाकिस्तान संविधान र कानूनको पुर्नस्थापना गर्न चाहेको बताए ।

शरीफले आफुहरु कसैसँग बदला नलिने तर कानूनले आफ्नो काम गर्ने बताए ।

अविश्वासको प्रस्ताव सफल भएपछि सदनलाई सम्बोधन गर्दै पीपीपीका अध्यक्ष बिलावल भुट्टो जरदारीले अप्रिल १० को ऐतिहासिक महत्व रहेको बताए ।

उनले सदनलाई गत वैशाख १० गते १९७३ को संविधान पारित गरेको स्मरण गराए । उनले भने– “पुरानो पाकिस्तानमा स्वागत छ ।’
अर्कोतर्फ पाकिस्तानका महान्यायाधिवक्ता खालिद जावेद खानले राजीनामा दिएका छन् ।

वि.सं.२०७८ चैत २७ आइतवार ०८:५२ मा प्रकाशित

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी...

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...