back
CTIZAN AD

दुई धुव्रका धार्मिक अतिवादी समूहसँग एमालेको चुनावी तालमेल

वि.सं.२०७८ चैत ३० बुधवार

972 

shares

काठमाडौं । नेकपा (एमाले)ले आगामी स्थानीय तहको निर्वाचनमा दुई फरक धुव्रका धार्मिक अतिवादी समूहसँग चुनावी तालमेल गर्ने भएको छ । एमालेले हिन्दु अतिवादी समूहको पहिचान बनाएको कमल थापा नेतृत्वको राप्रपा नेपाल र एकनाथ ढकाल नेतृत्वको क्रिश्चियन अतिवादी समूह परिवार दलसँग चुनावी तालमेल गर्ने भएको हो ।

एमालेले बुधबार औपचारिक रुपमै दुवै दलसँग चुनावी तालमेलबारे सहमति गरेको छ । सहमतिअनुसार दुवै समूहले एमालेको चुनाव चिन्ह सुर्यबाट चुनाव लड्नेछन् ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलको उपस्थितिमा बुधबार दुवै समूहबीच चुनावी तालमेलबारे सहमति भएको थियो ।

दुवै समूहसँग एमालेले ५/५ बुँदे सहमति गरेको छ । सहमति पत्रमा उल्लेख भएअनुसार एमालेको चुनाव चिन्हमा चुनाव लडेपनि निर्वाचित भएपश्चात जनप्रतिनिधि साबिककै पार्टीमा फर्किने छन् ।

०७४ मा भएको स्थानीय र प्रदेश र संघीय चुनावमा पनि एमालेको चुनाव चिन्हबाट केही मधेशवादी समूह चुनाव लडेका थिए ।

No description available.

वि.सं.२०७८ चैत ३० बुधवार १६:३३ मा प्रकाशित

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम । भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्...

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठको...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...