back
CTIZAN AD

निर्वाचन पर्यवेक्षणका लागि २० हजार बढीले दिए निवेदन

वि.सं.२०७९ वैशाख २ शुक्रवार

744 

shares

काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचन पर्यवेक्षणका लागि ६५ संघ÷ संस्थाका २० हजार बढीले निवेदन दिएका छन् ।

निर्वाचन आयोगले निर्वाचन पर्यवेक्षण गर्न चाहाने संघ संस्थालाई १५ दिनको म्याद दिएर गत चैत १३ गते निवेदन दिन गरेको आव्हानमा विद्युतीय माध्यमबाट देशैभरीका ६५ संघ÷संस्थाका २० हजार ४६७ जनाको निवेदन परेको छ । जसमा पुरुष ११ हजार ६९४, महिला ८ हजार ४८२ र अन्य २ सय ९१ जना रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार ती संघ संस्थाबाट आएका निवेदनमाथि जाँचबुझ गरी पर्यवेक्षण अनुमतिका लागि निर्णय लिइनेछ ।

३९ जिल्लाका लागि ७० लाख बढी मतपत्र छापियो
आयोगका अनुसार स्थानीयतहको निर्वाचनका लागि ७७ जिल्लामध्ये ३९ जिल्लाका लागि ७० लाख ३३ हजार मतपत्र छापेर तयार भइसकेका छन् । आयोगका अनुसार ७७ जिल्लाका लागि कूल १ करोड ९४ लाख थान मतपत्र छाप्नुपर्नेछ ।

वि.सं.२०७९ वैशाख २ शुक्रवार ०९:५९ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...