back
CTIZAN AD

सिवाईसी नेपाल लघुवित्तको आईपिओ बिक्री खुला, कति कित्ता दिने त आवेदन ?

वि.सं.२०७९ वैशाख २ शुक्रवार

1.1K 

shares

२ वैशाख, काठमाडौँ । वाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आज वैशाख २ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (आइपिओ) बिक्री खुला गरेको छ ।

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ मूल्य बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गरेको हो ।

कम्पनीले निष्काशन गर्ने साधारण शेयरमा कूल निष्काशनको ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषलाई र जारी पुँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने ३ लाख ६९ हजार ४८८ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन ।

सर्वसाधारणले २०७९ बैशाख ६ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् र सो अवधिसम्म माग गरिए बमोजिम आवेदन नआए आगामी बैशाख १६ गतेसेम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ । आईपीओमा आवेदन दिने लगानीकर्ताहरुको संख्या हेर्दा यस कम्पनीको आईपिओमा पनि १० कित्ता आवेदन दिनु उपयुक्त देखिन्छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर पनि शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।

वि.सं.२०७९ वैशाख २ शुक्रवार ०९:५२ मा प्रकाशित

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...

नेप्से परिसूचक ४८ अंकले बढ्यो

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१...

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा रकम दुरुपयोगको कडा प्रतिवाद

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा रकम दुरुपयोगको कडा प्रतिवाद

काठमाडाैँ । हालै सार्वजनिक भएका भ्रामक समाचारप्रति नेपाल लाइफ इन्स्योरेन्स...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडौँ । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज...