back
CTIZAN AD

बागलुङमा एक सय पाँच मतदान केन्द्र

वि.सं.२०७३ चैत ५ शनिवार

783 

shares

५ चैत,बागलुङ। स्थानीय तहको निर्वाचनका लागि बागलुङमा एक सय पाँच मतदान केन्द्र तोकिएको छ ।

मतदान केन्द्र सिफारिस समितिको शुक्रबार बसेको बैठकले तोकिएका केन्द्र निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । आयोगले स्वीकृत गरेपछि मतदान केन्द्र तोक्ने कार्यले अन्तिम रुप पाउनेछ । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकामा गरी एक सय पाँच मतदान केन्द्र राख्ने निर्णय भएको समितिका संयोजक प्रजिअ भागीरथ पाण्डेयले बताउनुभयो । सोअनुसार बागलुङ नगरपालिकामा २२, काठेखोला गाउँपालिकामा १०, जैमुनी नगरपालिकामा ११, बरेङ गाउँपालिकामा पाँच र गलकोट नगरपालिकामा १३ मतदान केन्द्र तोकिएको छ ।

यस्तै ताराखोला गाउँपालिकामा छ, बडीगाड गाउँपालिकामा १२, ढोरपाटन नगरपालिकामा ११, तमाखोला गाउँपालिका छ र निसीखोला गाउँपालिकामा सात मतदान केन्द्र रहनेछन् । मतदान केन्द्र सिफारिस समितिको बैठकले सबै पक्षलाई निर्वाचनको वातावरण बनाउनसमेत आग्रह गरेको छ ।

वि.सं.२०७३ चैत ५ शनिवार ०९:२२ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...