back
CTIZAN AD

असिनासँगै हिउँ परेपछि जनजीवन प्रभावित

वि.सं.२०७३ चैत ५ शनिवार

759 

shares

५ चैत, पाँचथर । धेरै वर्षपछि यहाँ हिउँ परेको छ । धेरै वर्षपछि परेको हिउँ र असिनाका कारण स्थानीयवासीको जनजीवन प्रभावित बनेको छ । असिनाले आलु, तरकारी तथा मकै बालीमा क्षति पु¥याएको किसान वताउँछन् ।

शुक्रबार साँझ जिल्लाको माथिल्लो भेग मेमेङ, प्राङबुङ, पौवासारताप, रानीटार तथा तल्लो क्षेत्र सराङडाँडा, मौवालगायत स्थानमा असिना र हिउँ परेको याङ्नामका पूर्ण जबेगुले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म हिउँ परेको देखेको थिइन, उहिल्यै बाजेले मात्रै हिउँ पर्ने गरेको कुरा सुनाउँथे तर हिजो आफँैले देखेँ ।” उहाँले थप्नुभयो, “हिउँ मात्रै नभएर हावा हुन्डरीसँगै असिना पानीसमेत परेकाले आफूहरुले लगाएको आलु, मकै बालीसमेतमा क्षति पुगेको छ ।”
यस्तै लेकतिर मात्रै हिउँ पर्ने भनिए पनि शुक्रबार बेलुका भने बैंसीतिर पनि परेको छ । जिल्लाको दक्षिणी भेगका सराङडाँडा, मौवा, आङनालगायत क्षेत्रमा हिउँ परेको मौवाका बासिन्दा खड्ग थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “सायद जलवायु परिवर्तनको असर हो कि के हो, पहिलो पटक हिउँ परेको थाहा पाइयो ।” हिउँ परेपछि त्यस क्षेत्रका बासिन्दा पौवाभन्ज्याङमा हिउँ खेल्न जान थालेका छन् ।

वि.सं.२०७३ चैत ५ शनिवार ०९:२४ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...