back
CTIZAN AD

गठबन्धनको बैठक चल्दै गर्दा अमेरिकी राजदूत किन पुगे बालुवाटार ?

वि.सं.२०७९ वैशाख ५ सोमवार

720 

shares

काठमाडौं । सत्ता गठबन्धनको बैठक जारी रहँदा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी प्रधानमन्त्री निवास बालुवाटार छिरेका छन् । चुनावी तालमेलको विषयमा टुंगो लगाउन गठबन्धनका नेताहरु जम्मा भएकै बखत उनी बालुवाटार छिरेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ताका लागि उनी बालुवाटार पुगेका हुन् । पूर्व निर्धारित भेटघाटअनुसार नै राजदूत बालुवाटार आएको जनाएको छ ।

महानगर, उपमहानगर र स्थानीय तहमा तालमेलको निर्णय गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरु सोमबार बिहान पनि बैठकमा बसेका थिए । तर, बिहानको बैठकमा सहमति हुन नसकेसँगै नेताहरु दोस्रो चरणमा छलफलमा जुटेका हुन् ।

बिहानको बैठकमा सबै दलहरुले आ आफ्नो दाबी पेस गरेका थिए। माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले महानगरमा एक/एक सिट पाउनुपर्ने दाबी पेस गरेका थिए। सत्तारुढ दलहरुले आजै महानगर र उपमहानगरको बाँडफाँट टुङ्गाउने तयारी गरेका छन्।

वि.सं.२०७९ वैशाख ५ सोमवार १७:५६ मा प्रकाशित

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

इजरायल । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र अल जजिराले...

बिक्री हुन थाल्यो तम्घासमा फोहोर

बिक्री हुन थाल्यो तम्घासमा फोहोर

गुल्मी । गुल्मी सदरमुकाम तम्घासमा फोहोर बिक्री हुन थालेको छ।...

चैतमा नौ सय विपद्का घटना, तीस जनाको मृत्यु

चैतमा नौ सय विपद्का घटना, तीस जनाको मृत्यु

काठमाडौँ । गत चैतमा विपद्का घटनामा परी देशका विभिन्न भागमा...

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

दाङ । बबई गाउँपालिका वडा नं. १ र ५ लाई...