back
CTIZAN AD

नाफा कमाउनेमा सेन्चुरी सबैभन्दा अगाडि, कुन बैंकको नाफा कति ?

वि.सं.२०७९ वैशाख ७ बुधवार

624 

shares

काठमाडौं । सेन्चुरी बैंकको नाफा झण्डै २ सय प्रतिशतले बृद्धि भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकको खुद नाफा १८३.५९ प्रतिशतले बृद्धि भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा ३५ करोड ८१ लाख ५० हजार रुपैयाँ खुद नाफा गरेको सेञ्चुरी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब १ करोड ५६ लाख ८३ हजार रुपैयाँ खुद नाफा गरेको हो ।

यद्यपि, नाफाको हिसाबले ग्लोबल आईएमई बैंकले सबैभन्दा बढी नाफा कमाएको छ । बैंक सोही अवधिमा तीन अर्ब ७२ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ४.१३ प्रतिशतले बढेको हो । बैंकको खुद ब्याज आम्दानी सात अर्ब ४३ करोड ९७ लाख छ भने वितरण योग्य नाफा एक अर्ब ९१ करोड ९१ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, एनएमबी बैंकले २ अर्ब ६६ करोड ५२ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ५.९१ प्रतिशतले बढेको छ । गत आवको चैतमसान्तसम्म बैंकको खुद नाफा २ अर्ब ५१ करोड ६४ लाख रुपैयाँ थियो । एनएमबीको वितरणयोग्य नाफा १ अर्ब ३२ करोड ८९ लाख रुपैयाँ छ ।

तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १५ वाणिज्य बैंकको नाफामा वृद्धि भएको छ भने १२ वटा बैंकको नाफामा ब्रेक लागेको छ । रिपोर्टअनुसार नाफा वृद्धि गर्ने बैंकहरुमा सेन्चुरी बैंक, सिभिल बैंक, नेपाल एसबीआई बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एनसीसी बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एसिया बैंक, सनराइज बैंक, हिमालयन बैंक, एनएमबी बैंक, ग्लोबल आईएमई बैंक, सिटिजन बैंक, मेगा बैंक, सिद्धार्थ बैंक र एभरेष्ट बैंक रहेका छन् ।

तर, अघिल्लो वर्षको तुलनामा नेपाल बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक, प्रभु बैंक, बैंक अफ काठमाडौं, नेपाल बंगलादेश बैंक र लक्ष्मी बैंकको नाफामा ब्रेक लागेको छ ।

कुन बैंकको नाफा कति ?

बैंकको नाम कुल सम्पत्ति (रु.) खुद नाफा  (रु.)
ग्लोबल 35,562,315,000 3,726,212,000
नबिल 35,195,502,000 3,352,043,000
नेपाल बैंक 34,660,490,535 2,192,931,817
नेपाल इन्भेस्टमेन्ट 33,131,143,000 2,477,261,000
कृषि विकास 32,619,714,184 1,905,393,789
राष्ट्रिय वाणिज्य बैंक 31,869,804,525 2,616,719,603
प्राइम बैंक 26,606,962,333 2,722,020,197
एनएमबी 26,119,051,000 2,665,291,000
एनआईसी 24,297,480,376 3,604,598,214
मेगा 22,037,020,287 2,014,534,193
सिद्धार्थ 21,571,936,055 2,088,561,910
एभरेस्ट 21,331,536,000 1,516,324,000
हिमालयन 21,004,142,456 1,391,578,943
कुमारी 20,249,961,940 1,802,771,568
सिटिजन 19,903,159,451 1,589,651,006
प्रभु 18,987,986,000 1,752,923,000
स्ट्यान्डर्ड चार्टर्ड 17,526,026,000 1,628,774,000
बीओके 16,731,033,138 870,781,483
नेपाल एसबीआई 16,730,755,340 1,300,022,454
लक्ष्मी 16,390,599,000 858,967,000
सानिमा 16,351,450,468 1,592,623,661
एनबी 16,162,562,642 1,111,137,181
एनसीसी 15,930,628,748 1,487,722,869
सनराइज 15,896,516,982 1,277,397,823
माछापुच्छ्रे 14,326,165,851 1,551,772,617
सेञ्चुरी 11,862,064,000 1,015,683,000
सिभिल 11,573,085,000 904,123,000

वि.सं.२०७९ वैशाख ७ बुधवार १६:५७ मा प्रकाशित

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

नेपालगन्ज (बाँके) । यस वर्ष असारमा पनि पर्याप्त वर्षा नहुँदा...

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

आजको मौसम : केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । मुलुकका केही स्थानमा मनसुनी वायुको प्रभाव कायमै छ...

आज असार १५, धान दिवससहित दही चिउरा खाएर मनाइँदै

आज असार १५, धान दिवससहित दही चिउरा खाएर मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस...

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...