back
CTIZAN AD

निष्पक्ष र पारदर्शी व्यापारिक वातावरण प्रदान गर्ने राजदूत यान्छीको आश्वासन

वि.सं.२०७९ वैशाख ८ बिहीवार

615 

shares

काठमाडौँ । नेपालका लागि चीनका राजदूत हउ यान्छीले नेपाली उत्पादन चीन निर्यातमा सघाउने आश्वासन दिएका छन् ।

श्रव्यदृश्यका माध्यमबाट आज पत्रकार सम्मेलन गर्दै उनले नेपाली पक्षले भूमि बन्दरगाहबाट चीनतर्फ निर्यात पुनः सुरु गर्ने चाहनालाई चिनियाँ पक्षले निकै महत्व दिएको बताए । उाले भने, “यस सम्बन्धमा दुवै पक्षका सम्बन्धित निकाय, छिमेकी प्रदेश र सीमा बन्दरगाहका अधिकारीले सञ्चार र समन्वय गरिरहेका छन् । दुवै पक्षले कूटनीतिक माध्यमबाट उपयुक्त समयमा सीमासम्बन्धी मामिलाहरूमा परामर्श गर्न, सीमासम्बन्धी मामिला र हाम्रा दुई देशबीचको सहकार्यलाई व्यवस्थित बनाउन समन्वय गरिरहेका छन् ।”

कोभिड–१९ महामारीबाट मुक्त भई नेपालको अर्थतन्त्र र समाज सामान्य अवस्थामा फर्किएपछि चीन र नेपालबीचको सहकार्यले गति लिने विश्वास व्यक्त गर्दै चिनियाँ राजदूतले नेपाली पक्षले निष्पक्ष र पारदर्शी व्यापारिक वातावरण प्रदान गर्न, चिनियाँ उद्यमहरूको वैधानिक हक र हितको पूर्ण संरक्षण गर्न तथा उनीहरूका व्यावहारिक समस्याहरू समाधान गर्न मद्दत गर्नेमा आफू ढुक्क रहेको बताए ।

नेपाल र चीनबीचको सिधा उडान पुनः सुञ्चालन हुने र नेपाली विद्यार्थीलाई चीन फर्काउने विषयमा उनले भने, “महामारीको सामना गर्दा विद्यार्थीका लागि विद्यालयमा फर्किनु अन्तर्राष्ट्रिय रूपमा सामान्य समस्या हो । यसअघि महामारीको रोकथाम र नियन्त्रणका लागि नेपाली पक्षले अधिकांश देशसँगको अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने घोषणा गरेपछि नेपाल–चीनबीचको सिधा उडान हालसम्म बन्द भएको छ ।”

बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) कहिल्यै भूराजनीतिक रणनीति नभएको स्पष्ट गर्दै चिनियाँ राजदूतले नेपालजस्ता विकासशील देशहरूलाई दिगो विकासको लक्ष्य हासिल तथा साझा समृद्धि प्रवद्र्धधनमा सघाउने परियोजना भएको बताए ।

 

वि.सं.२०७९ वैशाख ८ बिहीवार १७:५३ मा प्रकाशित

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२÷८३...

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

त्रिशूली (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिकाले किसानले उत्पादन गरेको कृषिउपज...

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

चितवन । जिल्ला अदालतबाट फैसला भई फरार रहेका ५८० जनालाई...

अनुचित लेनदेनका तेह्र उजुरी

अनुचित लेनदेनका तेह्र उजुरी

चितवन । मिटरब्याज (अनुचित लेनदेन)बाट पीडित भएको गुनासो गर्दै यहाँका...

‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ

‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले गत भदौ २४ गतेको...