back
CTIZAN AD

प्रचण्डले भने : फेरि कम्युनिष्ट एकता हुन्छ

वि.सं.२०७९ वैशाख ८ बिहीवार

774 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि कम्युनिष्ट एकता हुने बताएका छन् । कैलालीको मसुरियामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहंकारी प्रवृत्तिको अन्त्य गरेर कम्युनिष्ट एकता हुने बताए ।

साविक नेकपा तीन टुक्रा र एमाले दुई टुक्रा हुने भएकाे बताउँदै उनले निरकुंश र अहंकारी प्रवृत्तिलाई आसन्न निर्वाचनबाट परास्त गरेर कम्युनिष्ट एकता हुने बताए ।

“यो प्रवृत्तिलाई यसपटक पूरै पराजित गर्नुपर्छ। मलाई के लाग्छ भने, अहिले परास्त गरेपछि फेरि वाम एकता हुनसक्छ। फेरि कम्युनिस्ट एकता हुन्छ। त्यो एकता माओवादीको नेतृत्वमा हुन्छ। प्रचण्डको नेतृत्वमा हुन्छ र मात्रै त्यो टिक्छ”, उनले भने ।

यसरी हुने कम्युनिष्ट तथा वाम एकता माओवादीको नेतृत्व हुने बताउँदै उनले यसको नेतृत्व आफूले लिने बताए । “माओवादी एक नम्बर कम्युनिस्ट पार्टी बन्ने बित्तिकै फेरि कम्युनिस्टहरुको बीचमा ध्रुवीकरण हुनसक्छ। वामपन्थी एकता हुनसक्छ। फेरि गठबन्धन नयाँ शिराबाट अगाडि बढ्न सक्छ”, उनले भने ।

वि.सं.२०७९ वैशाख ८ बिहीवार १७:२९ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...