back
CTIZAN AD

जनप्रतिनिधिले पुनः उम्मेदवार बन्ने भएपछि वडासचिव कार्यवाहक अध्यक्ष

वि.सं.२०७९ वैशाख ९ शुक्रवार

591 

shares

काठमाडौँ । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि बहालवाला जनप्रतिनिधिले पुनः उम्मेदवार बन्न चाहेमा राजीनामा दिनुपर्ने कानुनी मान्यताअनुसार वडा सचिवले कार्यवाहक अध्यक्षको हैसियतमा काम गर्न पाउने भएका छन् ।

काठमाडौँ महानगरपालिकाको ७५ औँ कार्यपालिका बैठकले स्थानीय तह निर्वाचन, २०७९ मा बहालवाला जनप्रतिनिधिले उम्मेदवार बन्न राजीनामा दिनुपर्ने अहिलेको अवस्थामा वडाध्यक्षसहित सबै सदस्यले राजीनामा दिएमा वडा सचिवले कार्यवाहक अध्यक्षको हैसियतमा काम गर्ने निर्णय गरेको हो ।
यही व्यवस्थाबमोजिम बिहीबारको कार्यपालिका बैठकले वडाध्यक्षले राजीनामा दिए वडा सदस्यमध्येबाट एक जनालाई कार्यवाहक दिने निर्णय गरेको छ । यदि वडाका सबै जनप्रतिनिधिले राजीनामा दिएमा वडा सचिवलाई कार्यवाहक अध्यक्षको हैसियतमा काम गर्न अधिकार दिने निर्णय भएको छ ।

स्थानीय सरकार सञ्चालन ऐनको दफा ११६ मा कार्यवाहक भई काम गर्ने अवस्थासम्बन्धी व्यवस्था छ । जसमा वडाध्यक्षले राजीनामा दिए, वडा सदस्यमध्येबाट कार्यवाहक दिन सकिन्छ । सबै जनप्रतिनिधिले राजीनामा दिए कार्यवाहक अध्यक्षका विषयमा कार्यपालिकाको बैठकले निर्णय गर्न सक्छ ।

त्यसैगरी बैठकले नन्दीरात्रि माध्यमिक विद्यालय नक्सालमा राजेश हुमागाईँ र महेन्द्र बौद्ध माध्यमिक विद्यालयमा धर्मेन्द्र खकुरेललाई प्रधानाध्यापकमा गरिएको नियुक्तिलाई अनुमोदन गरेको छ ।

वि.सं.२०७९ वैशाख ९ शुक्रवार ०७:५७ मा प्रकाशित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको...

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको अन्वेषण तथा अनुसन्भान स्थलमा...

छात्रवृत्तिका लागि अक्षयकोष स्थापनाको सम्झौता

छात्रवृत्तिका लागि अक्षयकोष स्थापनाको सम्झौता

कर्णाली । मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिकाबीच रु दुई करोड...

दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’  हुँदै, ४५ देशका सेफ दमक आउदै

दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’ हुँदै, ४५ देशका सेफ दमक आउदै

दमक । नेपाली सेफहरूको व्यावसायिक दक्षता अभिवृद्धि र मौलिक नेपाली...

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...