काठमाडौं । नेकपा एकिकृत समाजवादी पार्टीले पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यको नाम टुंगो लगाएको छ ।
सो पार्टीको शनिबार बसेको पदाधिकारी बैठकले पोखरा महानगरको मेयरमा धनराज आचार्यसहित उपमहानगरपालिका प्रमुखको समेत टुंगो लगाएको हो ।
त्यस्तै हेटौडा उपमहानगरको प्रमुखमा मिनाकु्मारी लामाको नाम निर्णय गरेको छ भने काठमाडौंको उपप्रमुखमा रामेश्वर श्रेष्ठ, इटहरी उपमहानगरमा केशव बिष्ट, बुटवलमा चिनबहादुर गुरुङ, तुल्सीपुरमा जोखबहादुर रानालाई उम्मेदवार बनाउने निर्णय गरेको बताएको छ ।
पोखराको मेयरका उम्मेदवार आचार्य समाजवादीको कास्की जिल्ला अध्यक्ष हुन् ।
सत्ता गठबन्धनले केही दिनअघि मात्र ६ महानगर र ११ उपमहानगरमा बागबण्डाको टुंगो लगाएको छ । जसमा एकिकृत समाजवादीले पोखरा महानगरपालिका र हेटौडा उपमहानगरमा प्रमुख र ४ उपमहानगरमा उपप्रमुख पद पाएको छ ।
वि.सं.२०७९ वैशाख ११ आइतवार ११:५८ मा प्रकाशित






























