back
CTIZAN AD

काठमाडौंको उपमेयरमा ३० जनाको उम्मेदवारी, यी तीनमध्ये कस्ले मार्ला त बाजी ?

वि.सं.२०७९ वैशाख १९ सोमवार

753 

shares

काठमाडौं । यहि बैशाख ३० गते हुने स्थानीतहको निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको उपमेयरमा ३० जनाको उम्मेदवारी परेको छ ।

ठूला दलमध्ये गठबन्धनबाट नेकपा एकिकृत समाजवादीका रामेश्वर श्रेष्ठ र नेकपा एमाले नेतृत्वको गठबन्धनबाट सुनिता डंगोल यतिबेला चर्चामा रहेका छन् । उनीहरुसँगै विवेकशील साझा पार्टीकी कीर्ति तुलाधरको पनि चर्चा चलेको छ । बैशाख ३० गतेको निर्वाचनमा श्रेष्ठ र डंगोलबीच मुख्य प्रतिश्पर्धा हुने देखिएको छ । त्यसो त तुलाधरले पनि सम्मानजनक मत ल्याउने आंकलन गरिएको छ ।
निर्वाचन आयोगका अनुसार महानगरको उपमेयरमा ३० जनाले उम्मेदवारी दिएका छन् । जसमा अम्बरबहादुर खत्री, आशिष चन्द्र तुलाधार, आशीष महर्जन, उमा गुरुङ, कृष्ण तण्डुकार, जुगल तण्डुकार, नरेन्द्र मान डंगोल, मोहन कृष्ण श्रेष्ठ, रन्जन डंगोल, रमेश प्रसाद जोशी, रवि नापित, राजेन्द्र खड्गी, राजेश शाही, रङ्कु श्रेष्ठ, विद्या श्रेष्ठ (महर्जन), विश्व विजय श्रेष्ठ, बेन्जी सिंह महर्जन, सहेम खड्गी र सानु महर्जन गरी १९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

त्यसैगरी अन्य दलहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बिनिता मर्गैया, नेपाल मजदुर किसान पार्टीबाट सविता श्रेष्ठ, नेपाली कांग्रेस (बिपी) बाट इन्दिरा अधिकारी (थापा), नेपाल सुशासन पार्टीबाट पुष्पा खरेल, मौलिक जरोकिलो पार्टीबाट कल्पना ओझा आधुनिक नेपाल समाजवादी पार्टीबाट गुण बहादुर बन्जारा क्षेत्री नेपाली जनता दलबाट बन्दना बज्राचार्य सचेत नेपाली पार्टीबाट संगिता आचार्य गरी ८ जनाले उपमेयर पदमा उम्मेदवारी दिएका छन् ।

यस्ता छन् ठूला तीन दलका उम्मदवारहरुको प्रतिबद्धता

गठबन्धनका तर्फबाट काठमाडौं महानगरको उपमेयरमा उम्मेदवारी दिएका रामेश्वर श्रेष्ठ पार्टीका महानगर अध्यक्ष हु्न् । राजनीतिशास्त्रमा मास्टर्स र बु्द्धिजममा पिएचडी गरेका श्रेष्ठले आफ्नो प्राथमिकतामा शिक्षा र स्वास्थ्यको विकास रहेको बताएका छन् । उनले महानगरको आफ्नै अस्पताल बनाएर जेष्ठ नागरिक गरिबलाई सेवा दिने लगायतका प्रतिबद्धता अगाडि सारेका छन् ।

नेकपा एमालेका तर्फबाट उपमेयरमा उम्मेदवारी दिएकी सुनिता डंगोलले आफ्नो चुनावी प्रतिबद्धतामा महानगरको विकासका लागि ८ खम्बे विकास मोडल प्रस्तुत गरेकी छन् । जसमा स्वच्छ वातावरण, यातायात व्यवस्थापन, राजधानीका रुपमा पूर्वाधार विकास, सांस्कृतिक नगर, सामाजिक विकास,डिजिटल काठमाडौं, युवा खेलकुद, रोजगारी तथा उद्यमशीलता, रिर्सच एण्ड डेभलपमेन्ट रहेका छन् ।

बायो टेक्नोलोजीमा स्नातक गरेकी ३१ वर्षीया डंगोल विभिन्न संस्थामा रहेर काम गरेकी छन् भने काठमाडौं महानगरपालिकाको शहरी योजना आयोगमा बसेर काम गरेको समेत उनीसँग अनुभव छ । पहिले महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार घोषणा गर्ने तयारी गरेकी डंगोलले नेकपा एमालेबाट उपमेयरमा उम्मेदवारी दर्ता गराएकी हुन् । डंगोल २०१९ को मिस नेवा समेत हुन् ।

विवेकशील साझा पार्टीका तर्फबाट उम्मेदवारी दिएकी किर्तिका तुलाधर सो पार्टीकी केन्द्रीय सदस्य हुन् । नेपाल जेसीसको राष्ट्रिय अध्यक्ष समेत रहेर काम गरेकी तुलाधर अन्तर्राष्ट्रिय जेसीजको पनि दक्षिण एशियाबाटै पहिलो महिला उपाध्यक्ष हुन् । शिक्षा विषयमा स्नातकोत्तर गरेकी ६२ वर्षीय तुलाधर हाल विभिन्न संघ–संगठनमा संलग्न छन् ।

उनले आफ्ना पार्टीका तर्फबाट भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवाप्रवाह, सुलभ, व्यवस्थित, विद्युतीय यातायात, नेवाः कला–संस्कृतिको पुनर्जागरण खुला क्षेत्रको संरक्षण र विस्तार, महानगरका नदी–नालाको सफाई र पुनर्स्थापना, सफा र व्यवस्थित काठमाडौँ, गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा लगायतका प्रतिबद्धता सार्वजनिक गरेकी छन् ।

वि.सं.२०७९ वैशाख १९ सोमवार ११:१९ मा प्रकाशित

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...