back
CTIZAN AD

पर्वतमा आचारसंहिता पालनामा कडाइ

वि.सं.२०७९ वैशाख १९ सोमवार

708 

shares

पर्वत । पर्वतमा निर्वाचन आचार संहिता पालनामा कडाइ गरिने भएको छ । आचारसंहिता उल्लङ्घनका घटना बढ्न थालेपछि कडाइ गर्न थालिएको हो ।

आचारसंहिता अनुगमन समिति पर्वतको यहाँ बसेको बैठकले आचार संहिता उल्लंघनका मौखिक उजुरी आएपछि कडाइ गर्ने निर्णय गरेको छ । दल तथा स्वतन्त्र उमेदवारले भड्किलो प्रचार शैली अपनाउन थालेपछि यसलाई रोक्न सोमबार देखिनै कडाइ गरिने मुख्य निर्वाचन अधिकृत बलराम त्रिपाठीले बताए । “उलङ्घनका घटना बढेको भनेर मौखिक उजुरी धेरै आएका छन ”, उनले भने “उल्लङ्घन हुन नदिन कारवाही गर्ने निर्णय गरेका छौ ।”
पर्वतमा निर्वाचन प्रचारका क्रममा सवारी साधनमा चर्को स्वरमा प्रचारसामाग्री बजाउने, ठुला ठुला बोर्डहरु राख्ने तथा सवारी साधनमासमेत ठूला झण्डा, ब्यानर राखेर प्रचार गर्ने काम भइरहेको छ । सदरमुकाम कुस्माबजारमा उमेदवारले धेरै सवारी साधनमा प्रचारसमाग्री बजाउँदा ध्वनी प्रदुषण र जनजीवनसमेत प्रभावित भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयले आचारसंहित उल्लङ्घनका काम नर्गन भन्दै आइतवार बजार क्षेत्रमा माइकिङ गरेको छ । शुरुमा उल्लङ्घनका घटना नगर्न आग्रह गरिएको र अब त्यसो गरेको पाइएमा प्रहरीले कारवाही गर्ने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी शिबराज बुढाथोकीले बताए । आचारसंहिता विपरित प्रयोग भएका सामाग्री प्रहरीले नियन्त्रणमा लिने उनले जानकारी दिए ।

 

वि.सं.२०७९ वैशाख १९ सोमवार ११:४२ मा प्रकाशित

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...