काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको हकप्रदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । भोली २० गते सार्वजनिक विदा परेको हुँदा हकप्रदका लागि आवेदन दिने आज १९ गते अन्तिम दिन कायम गरिएको हो ।
यस अघि कम्पनीले हकप्रद निष्काशनका लागि बैशाख २१ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । आज बैशाख १९ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् । कम्पनीले हकप्रद बिक्रि खुला गर्ने मिति भने तोकिसकेको छैन ।
कम्पनीले ३४ करोड ५४ लाख ४७ हजार ४ सय २८ रुपैैयाँ बराबरको ३४ करोड ५४ लाख ४७ हजार ४ सय ७४ दशमलव २७५० कित्ता हकप्रद निष्काशन गर्ने छ । संस्थाको शेयर निष्काशनको लागि प्रभु क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक रहेको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई गत चैत ८ मा हकप्रद निष्काशनको अनुमति प्रदान गरेको थियो ।
नेपाल फाइनान्सले हकप्रद निष्काशनको बुक क्लोज गर्ने (सूचनासहित)
वि.सं.२०७९ वैशाख १९ सोमवार ११:३९ मा प्रकाशित





























