back
CTIZAN AD

स्थानीयतहको निर्वाचन : देशैभरी ३५३ जना निर्विरोध निर्वाचित

वि.सं.२०७९ वैशाख २० मंगलवार

666 

shares

काठमाडौँ । यहि बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनका लागि उम्मेदवारी दिएकामध्ये ३५३ जना निर्विरोध निर्वाचित भएका छन् ।

स्थानीय तह निर्वाचनमा मनोनयनपत्र दर्ता गराएकामध्ये विभिन्न पदमा ३५३ निर्विरोध निर्वाचित भएका ह्ुन् । निर्वाचनका लागि आयोगको कार्यतालिकाअनुसार यही वैशाख ११ र १२ गते मनोनयनपत्र दर्ताको समय दिइएकामा जाँचबुझ र फिर्ता लिने समय सकिएपछि यही १७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको थियो ।

आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार विभिन्न पदमा एकल उम्मेदवारी परेका ३५३ निर्विरोध निर्वाचित भएको आयोगका सहायक प्रवक्ता एवं उपसचिव सूर्यप्रसाद अर्यालले जानकारी दिएका छन् ।

त्यसैगरी दलित वडा सदस्य पदमा १७० स्थानमा उम्मेदवारी नै नपरेको अर्यालले जानकारी दिएका छन् ।

आयोगका अनुसार निर्विरोध भएकालाई मतगणना सम्पन्न भएपछि निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र दिनेछ । निर्वाचनमा ७५३ पालिकामा गरी कूल ३५ हजार २२१ पदका लागि निर्वाचन हुँदैछ ।

निर्वाचनका लागि देशैभरीबाट १ लाख ५३ हजार १४५ जनाले विभिन्न पदमा उम्मेदवारी दिइएकोमा हालसम्म ८ हजार ३३ जनाले उम्मेदवारी फिर्ता लिएका छन ।

वि.सं.२०७९ वैशाख २० मंगलवार ११:३१ मा प्रकाशित

दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा एकसट्ठी जना पक्राउ

दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा एकसट्ठी जना पक्राउ

गण्डकी । कास्की प्रहरीले बिहीबार सञ्चालन गरेको दोस्रो दिनको स्वीप...

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

किस्पाङ । प्राकृतिकरुपमा सुन्दर नुवाकोटको किस्पाङ गाउँपालिका शैक्षिक गन्तव्यस्थलका रुपमा...

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण...

बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन

बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना...

बागलुङका घरबास स्तरोन्नति गर्न अनुदान

बागलुङका घरबास स्तरोन्नति गर्न अनुदान

गलकोट (बागलुङ) । दिगो पर्यटन प्रवद्र्धन परियोजनाले निसीखोला र ढोरपाटनमा...

चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ

चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालयले विशेष ‘स्विप अपरेशन’ सञ्चालन गरेर...