back
CTIZAN AD

पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला

वि.सं.२०८३ वैशाख ११ शुक्रवार

321 

shares

काठमाडौँ । हिमाली जिल्लामा बसोबास गर्ने शेर्पा समुदायले बसोबाससँगै संस्कृति, परम्परा, धर्म र जीवनशैलीले गहिरोसँग परिचय बनाएको छ । साहसी, निडर, सरल र कर्मठ स्वभावकै कारण हिमाल आरोहणमा संसारका मानिसले शेर्पाहरुलाई सम्झने गर्छन् ।

सयौँ शेर्पा आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी विश्व मञ्चमा नेपालको नाम लेखाउने काम मात्रै गरेनन्, नेपालको पर्यटन विकासमा महत्वपूर्ण योगदानसमेत पु¥याएका छन् । तिनै शेर्पाहरुको सूचीमा रहनुभएका आरोही कामी शेर्पा स्वयं सञ्चारकर्मीसमेत रहनुभएका कारण आफ्ना अनुभवहरुलाई लिपिबद्ध गराएका छन् । आफ्नो अनुभव, सङ्घर्ष र सफलताका कथा समेटिएको ‘सगरमाथामा ६ पाइला’ कृति नेपाली पर्वतारोहण साहित्यमा एक महत्वपूर्ण दस्तावेजको रुपमा रहने देखिन्छ ।

कामी शेर्पाले पनि हिमाल, पर्यटन, सञ्चार र सामाजिक क्षेत्रमा आफ्नो जीवनका ऊर्जाशील समय खर्चेका कामी शेर्पा नेपालका प्रसिद्ध पर्वतारोही हुनुहुन्छ । छ पटकसम्म सर्वोच्च चुली सगरमाथामा पाइला टेकेका उनको साहस, समर्पण र साधना आफैँमा अमूल्य छ । निरन्तर लागिपरेर आफ्नो लक्ष्यमा पुग्न सकिन्छ भन्ने बलियो र प्रेरणादायी सन्देश दिन उनी सक्षम छन् । यो पुस्तक केवल व्यक्तिगत सफलता कथामा सीमित छैन, यसले हिमालसँग जोडिएको जीवन, जोखिम, साहस र मानवीय धैर्यको गहिरो चित्र प्रस्तुत छ । ‘६ पाइला’ भन्ने प्रतीकात्मक शीर्षकले सगरमाथा जस्तो कठिन यात्रामा अघि बढ्ने साना तर निर्णायक कदमहरूको सङ्केत गर्छ । यसले पाठकलाई सफलता एकैचोटी होइन, निरन्तर प्रयास र अनुशासनबाट प्राप्त हुन्छ भन्ने सन्देश दिन्छ । यथार्थपरक प्रस्तुति नै पुस्तकको मुख्य बल हो ।

देशको पर्यटन र पर्यावरणमा समेत सकारात्मक धारणा राख्ने शेर्पा अधिकांश समय विदेशी भूमिमा रहेर पनि जन्मथलोप्रति उत्तिकै चिन्तित र क्रियाशील हुनुहुन्छ । युवा पुस्तालाई आफ्नो शक्ति, तागत र सपनाको सदुपयोग गर्न मद्दत पुगोस् भन्ने बलियो निस्कर्षका साथ उहाँले यो पुस्तक प्रकाशनमा ल्याएका हुन् । हरेक व्यक्ति जाति र समुदायले आफ्नो इतिहास, परम्परा र चालचलनलाई संरक्षण गर्नु र नयाँ पुस्तालाई हस्तान्तरण गर्नु नैतिक कर्तव्यको बोधकै गर्भबाट यो पुस्तक पाठकको हातमा पुग्न सकेको हो । आफ्ना अनुभवलाई संसारसामु दुरुस्तै देखाउने उहाँको इमान्दार प्रयासले भावी पुस्ताका लागि गतिलो पाठ सिकाएको छ ।

हिमाल आरोहणका क्रममा भोग्नुपरेका अत्यधिक चिसो, अक्सिजनको कमी, जोखिमपूर्ण बाटो र मृत्युको नजिकको अनुभूतिजस्ता कठिन पक्षलाई सरल तर प्रभावकारी शैलीमा प्रस्तुत गरिएबाट लेखकको लेखन कुशलता झल्किन्छ । पुस्तक पढिरहँदा पाठकलाई आफू एक आरोहीको रुपमा सगरमाथाको नजिक भएको अनुभूति गराउँछ । पुस्तकमा विश्लेषणात्मक पक्षभन्दा अनुभवको वर्णनमा बढी जोड दिइएको छ । नेपाली र अंग्रेजी दुवै भाषामा अलगअलग प्रकाशित यी पुस्तकले स्वदेशी र विदेशी पाठकहरुलाई नेपालको हिमाल र पर्यटनको अवस्था राम्ररी बुझ्ने अवसर दिएको छ ।

वास्तवमा यस पुस्तकलाई हिमाल र पर्यटनसँग मात्रै जोडेर नहेरी उच्च हिमाली भेगका ‘अदृश्य नायक’ शेर्पाहरूको सङ्घर्ष र साहसको जीवन्त दस्तावेजको रुपमा पनि हेर्न सकिन्छ । शेर्पा समुदायको योगदान र उनीहरूको जीवन सङ्घर्षलाई पनि पुस्तकले सम्मानपूर्वक उजागर गरेको छ । त्यसैले यसलाई केवल लेखकको एउटा संस्मरण मात्र नभई, मृत्युलाई नजिकबाट जितेका एक आरोहीको भावनात्मक यात्रा स्मरणको सङ्ग्रह पनि मान्न सकिन्छ । २३ वर्षको उमेरमै सगरमाथा आरोहण गर्न सफल उनले पटकपटक गरेर कामी शेर्पाले छ पटक सगरमाथा आरोहण गरिरहँदा सँगालेका अनुभवहरुलाई पुस्तकमा समावेश गरेका छन् ।

सोलुखुम्बु केरुङ निवासी कामे शेर्पाले २०६९ सालमा विश्वको सर्वोच्च शिखर सगरमाथाको एकै सिजनमा तीन पटक (आठ दिनको अन्तरमा) सफल आरोहण गरी नयाँ विश्व कीर्तिमान राख्नुभएको थियो । उनले जेठ ६ गते प्रथम पटक, ११ गते दोस्रो पटक र १४ गते तेस्रो पटक सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । साहित्यिक गहिराइ अलि कम भेटिए पनि साहस, सङ्घर्ष र आत्मविश्वासको सन्देशले भरिएको यस पुस्तक धेरैका लागि प्रेरणादायी स्वर बन्न सक्दछ ।

समग्रमा, यस पुस्तक नेपाली पर्वतारोहण अनुभवलाई सजीव रूपमा प्रस्तुत गर्ने प्रेरणादायी कृति रहेको छ । यसले केवल एक व्यक्तिको सफलता मात्र होइन, हिमालसँग जोडिएको सम्पूर्ण जीवनदर्शनलाई उजागर गरेको छ । पुस्तकले नेपाली पर्वतारोहणको इतिहास र साहित्यमा पक्कै पनि एक महत्वपूर्ण इँटा थपेको छ । केही दिनअघि मात्रै राजधानीमा आयोजित एक समारोहमा विमोचित यस पुस्तकले छोटो अवधिमै धेरै पाठकहरुको मन जित्न सकेको छ । विभिन्न २० शीर्षकमा आफ्नो भोगाइका अनुभवहरुलाई सङ्ग्रहित यस पुस्तकको सम्पादन युवराज नयाँघरेले गरेका हुन् ।

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १०:५५ मा प्रकाशित

राष्ट्र बैंक ऐनमा डिजिटल करेन्सी समेटिँदै, क्रिप्टोले पाएन स्थान

राष्ट्र बैंक ऐनमा डिजिटल करेन्सी समेटिँदै, क्रिप्टोले पाएन स्थान

काठमाडौँ । नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ संशोधन विधेयकमा ‘डिजिटल...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...

बससँग ठाेक्किँदा सडक विभागको कार सुनकोशीमा खस्यो, तीन जना बेपत्ता

बससँग ठाेक्किँदा सडक विभागको कार सुनकोशीमा खस्यो, तीन जना बेपत्ता

काठमाडौँ। सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा बस र सडक...