back
CTIZAN AD

आणविक युद्धको खतरा बढ्यो : रुसी सेनाले सुरु गर्‍यो आणविक युद्धको अभ्यास

वि.सं.२०७९ वैशाख २२ बिहीवार

990 

shares

काठमाडौं । पछिल्लो ७० दिनदेखि जारी युक्रेन युद्धमा आणविक हमलाको खतरा बढ्दै गएको छ । रुसले बुधबार आफ्नो सेनाले आणविक क्षेप्यास्त्र प्रहार गर्ने अभ्यास गरेको बताएको छ । सिमुलेटरमा आधारित परमाणु मिसाइलहरूको यो अभ्यास रूसको कालिनिनग्रादमा गरिएको थियो।

रुसको रक्षा मन्त्रालयका अनुसार यसको सेनाले मिसाइल प्रणाली, एयरफिल्ड र सुरक्षित मिसाइलसम्बन्धित धेरै हमलाहरूको अभ्यास गरिरहेको छ ।

२४ फेब्रुअरीमा युक्रेनमा भएको हमलापछि दुई देशबीच युद्ध चलिरहेको छ । यसैबीच रुसले बारम्बार अप्रत्यक्ष आणविक आक्रमणको चेतावनी दिइरहेको छ । बुधवार, इयू सदस्यहरू पोल्याण्ड र लिथुआनियाको बीचमा रहेको बाल्टिक सागरमा छलफलमा जुटिरहँदा रुसी सैन्य आधारमा युद्धाभ्यासको क्रममा परमाणु-इस्कन्डर ब्यालिस्टिक मिसाइल प्रणालीको कृत्रिम इलेक्ट्रोनिक प्रक्षेपण अभ्यास गरिएको थियो।

विकिरण र रासायनिक प्रभाव

रुसी सेनाले आणविक अभ्यासमा, विकिरण र आक्रमणको रासायनिक प्रभावहरू पनि मूल्याङ्कन गरेको बताइएको छ । यस अभ्यासमा १०० भन्दा बढी रुसी सैनिक र अधिकारीहरूले भाग लिएका थिए। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २४ मा युक्रेनमा भएको आक्रमणपछि आफ्नो देशको आणविक शक्तिलाई उच्च सतर्कतामा राखेका छन् । यसैबीच, गहिरो संकटलाई मध्यनजर गर्दै रुसबाट पनि पटकपटक तेस्रो विश्वयुद्धको आशंका व्यक्त गरिएको थियो ।

पश्चिमा राष्ट्रहरूले हस्तक्षेप गरे खतरा बढ्ने

रुसी रक्षा मुख्यालय क्रेमलिनले युक्रेनमा पश्चिमले हस्तक्षेप गरेमा तुरुन्त बदला लिने बताएको छ । विज्ञहरू भन्छन् कि रसियाको सरकारी च्यानलहरूले हालसालै देशले आणविक हतियारहरूको प्रयोगको बारेमा जनतालाई धेरै पटक सचेत गराएको छ। “दुई हप्तादेखि, हामीले हाम्रा टेलिभिजन स्क्रिनहरूबाट आणविक गोदामहरू खोल्नुपर्दछ भन्ने सुन्दै आएका छौं”, रुसी अखबारका सम्पादक र नोबेल शान्ति पुरस्कार विजेता दिमित्री मुराटोभले भनेका छन् । एजेन्सीबाट

वि.सं.२०७९ वैशाख २२ बिहीवार १२:१७ मा प्रकाशित

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...