back
CTIZAN AD

रारा हाईड्रोपावरले साधारण शेयर (आईपिओ) निष्काशन गर्ने

वि.सं.२०७९ वैशाख २२ बिहीवार

855 

shares

काठमाडौं । रारा हाईड्रोपावर डेभलपमेण्टले आईपिओ निष्काशन गर्ने भएको छ । रारा हाईड्रोपावरले १२ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

राराले बुधबार मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई त्रिपुरेश्वरमा एक कार्यक्रमका बिच शेयर निष्काशन गर्नका लागि बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ । रारा हाईड्रोपावर र मेगा क्यापिटल बीच भएको सम्झौता पत्रमा राराका तर्फबाट संचालक शंकर लाल बैद्य र मेगा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

राराले जारी गर्ने साधारण शेयर १२ करोड रुपैयाँ रकम बराबरको १२ लाख कित्ता शेयर निष्काशन गर्नका लागि धितोपत्र बोर्डमा आवश्यक प्रक्रिया पुरा गरी शेयर निष्काशनका लागि आवेदन दिने योजना कम्पनीको रहेको छ ।

वि.सं.२०७९ वैशाख २२ बिहीवार १२:०५ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...