back
CTIZAN AD

आज पोखरामा चुनावी सभा गर्दै सत्तारुढ गठबन्धन

वि.सं.२०७९ वैशाख २५ आइतवार

738 

shares

काठमाडौं । सत्तारुढ गठबन्धनले आज पोखरामा चुनावी सभाको आयोजना गर्दैछ ।

आगामी शुक्रबार हुने स्थानीयतहको निर्वाचनका लागि सत्तारुढ गठबन्धन दलले यसअघि चितवन र जनकपुरमा चुनावी सभा गरेको थियो भने आज बिहान ११ बजे पोखराको अमरसिंह चौरमा सभाको आयोजना गरेको हो ।

उक्त चुनावी सभालाई गठबन्धनका शिर्ष नेतृत्वहरु प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका स्थानीयतहका नेताहरुले सम्बोधन गर्ने बताइएको छ।

पोखराको सभा सम्पन्नपछि आजै दाङको घोराहीमा गठबन्धनद्धारा आयोजित सभालाई कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने बताइएको छ ।

पोखरामा सत्तारुढ गठबन्धनबाट एकिकृत समाजवादी पार्टीका कास्की जिल्ला अध्यक्ष धनराज आचार्य मेयर पदका उम्मेदवार छन् भने एमालेले कृष्ण थापालाई मेयरको उम्मेदवार बनाएको छ ।

वि.सं.२०७९ वैशाख २५ आइतवार १०:२१ मा प्रकाशित

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...