back
CTIZAN AD

देउवा पत्नीलाई ओलीको प्रश्न– मेनपावर कम्पनी खोलेको हो ?

वि.सं.२०७९ वैशाख २६ सोमवार

849 

shares

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले युवालाई स्वदेशमै रोजगारी दिने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवाको अभिव्यक्तिप्रति टिप्पणी गर्दै उनले यस्तो बताएका हुन् ।

“कांग्रेसकै एक जना नेताले मलेसिया पठाइदिन्छु भन्नुभएको सुनियो । मेनपावर कम्पनी खोलेको हो र ?”, उनले भने, “हामी मलेसिया पठाउने होइन, देशभित्रै युवालाई तालिम दिन्छौँ, रोजगारी दिन्छौँ । रोजगारी दिने होइन, उनीहरूलाई उद्यमी बनाउँछौँ ।”

अध्यक्ष ओलीले बच्चाले पनि कांग्रेस, गठबन्धन र एमालेबीच भिन्नता छुट्याउन सक्ने बताए । अध्यक्ष ओलीले नेतृ राणाले कांग्रेसले नजितेका पालिकामा बजेट नदिने भनेर दिएको अभिव्यक्तिमाथि पनि प्रश्न गरे ।

उनले अगाडि भने, “एक जना कांग्रेस नेताले जनताले पसिना तिरेर पठाएको पैसा नपठाउने रे ! उनको खल्तीको पैसा हो ? बाउबाट ल्याएका पैसा हो कि दाइजो हो ? त्यस्तो बोल्ने ? ती सपना उडायो हुरीले हुन्छ ।”

केही दिन अघि नेतृ राणाले एक चुनावी कार्यक्रममा बोल्ने क्रममा आफ्नो पार्टीले जितेमा केही युवाहरुलाई मलेसिया पठाउन सहयोग गर्ने बताएकी थिइन् । उनले आफ्नो पार्टीले नजितेका ठाउँमा बजेट नपठाउने पनि बताएकी थिइन् । जुन अभिव्यक्तिमाथि चौतर्फी आलोचना भइरहेको छ ।

वि.सं.२०७९ वैशाख २६ सोमवार १६:१३ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...