काठमाडौं । निर्वाचन आयोगले गण्डकी प्रदेशका मृख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई स्पष्टीकरण सोधेको छ ।
पौडेलले सरकारी गाडी चढेर कांग्रेसको कार्यक्रममा गएको भन्ने समाचार प्रकाशन भएको भन्दै आयोगले तीनदिनभित्र स्पष्टीकरण दिन निर्देशन गरेको हो ।
निर्वाचन आचार संहिता २०७८ को दफा ५ को खण्ड (क) अनुसार प्रदेशका मुख्यमन्त्री वा मन्त्रीले आफु उम्मेदवार भएको अवस्थामा बाहेक कुनै राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार गर्न नहुने रहेको भन्दै आयोगले पत्र प्राप्त भएको तीनदिन भित्रमा स्पष्ट जवाफ लेखि पठाउन निर्देशन दिएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताएका छन् ।
वि.सं.२०७९ वैशाख २६ सोमवार १६:२६ मा प्रकाशित






























