back
CTIZAN AD

एनएमबि बैंकले संस्थापक समुहको शेयर बिक्रि गर्ने

वि.सं.२०७९ वैशाख २८ बुधवार

906 

shares

काठमाडौं । एनएमबि बैंकले संस्थापक समुहको शेयर बिक्रि गर्ने भएको छ । बैंकले तीन जना संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रि गर्ने भएको हो ।

बैंकले अबको ३५ दिनभित्र लिखित निवेदन दिन सूचना जारी गरेको छ । बैंकले दामोदर ज्ञवालीको ३५ हजार, सुशीलशंकर श्रेष्ठको १२ हजार र प्रमोदराज पाण्डेको नाममा रहेको ५ हजार १ सय ७५ कित्ता गरी जम्मा ५२ हजार ७२२ कित्ता संस्थापक शेयर बिक्रि गर्ने जनाएको छ ।

बैंकका अनुसार इच्छुक संस्थापक शेयरधनीले कम्पनी सचिवको कार्यालय बबरमहलबाट निवेदन दिन सक्ने छन् । उल्लेखित अवधिमा पर्याप्त आवेदन नपरेको खण्डमा जोकोही खरिद गर्न इच्छुक लगानीकर्तालाई उक्त संस्थापक समुहतर्फको शेयर बिक्रि गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

वि.सं.२०७९ वैशाख २८ बुधवार १६:१५ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...