back

चिनियाँ राष्ट्रपति मस्तिष्क रोगसँग जुधिरहेको खुलासा

वि.सं.२०७९ वैशाख २८ बुधवार

324 

shares
RBB AD
NTC AD

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ ‘सेरेब्रल एन्युरिज्म’ (एक प्रकारको मस्तिष्क रोग)बाट पीडित भएको कुरा अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उनलाई गत वर्षदेखि उक्त समस्या देखिएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार जिनपिङले शल्यक्रियाको सट्टा परम्परागत चिनियाँ औषधिबाट उपचार गराइरहेका छन्। यी औषधिहरूको प्रयोगले मस्तिष्कको रक्त कोशिकाहरूलाई नरम बनाउँछ।

सी जिनपिङको स्वास्थ्यबारे लामो समयदेखि अड्कलबाजी भइरहेको थियो । बेइजिङ शीतकालीन ओलम्पिकअघि कोरोनाको लहर सकिएपछि पनि उनले विदेशी नेताहरूसँग भेटघाट गरेका थिएनन् ।

यसअघि सन् २०१९ को मार्चमा इटाली भ्रमणका क्रममा उनका पाइला अचम्म लागेका थिए, पछि फ्रान्स पुगेपछि यहाँ पनि बस्न मद्दत लिनुपरेको थियो । त्यस्तै, सन् २०२० को अक्टोबरमा शेन्जेनमा एक भाषणका क्रममा उनको आवाज निकै कम थियो र खोकी लागेको थियो । त्यसपछि उनको रोग लाग्ने डर बढ्यो ।

सेरेब्रल एन्युरिज्म भनेको के हो ?

सेरेब्रल एन्युरिज्मबाट पीडित व्यक्तिको मस्तिष्कका स्नायु कमजोर भएर फुल्ने गर्छ । ५० वर्षभन्दा माथिका व्यक्ति वा उच्च रक्तचाप, आनुवंशिक रोग, इन्फेक्सन वा मस्तिष्कमा चोटपटक र तनाव भएका व्यक्तिहरूले यो रोगको सामना गर्नुपर्ने हुन्छ ।

यो रोग मस्तिष्कको जुनसुकै भागमा लाग्न सक्छ र जुनसुकै बेला फुट्ने जोखिम हुन्छ । धेरै टाउको दुख्ने, हात खुट्टामा पक्षघात, लगातार कमजोरी र चक्कर आउने यो रोगका लक्षण हुन्।

कमजोर अर्थतन्त्रका कारण जिनपिङ तनावमा

सञ्चारमाध्यमका अनुसार पछिल्लो समय चिनियाँ अर्थतन्त्र नराम्ररी कमजोर बन्दै गएको छ । युक्रेन युद्धका कारण चीनमा ग्यास र तेलको मूल्य निकै बढेको छ । योसँगै शून्य कोभिड नीतिका कारण अर्थतन्त्र पनि समस्यामा परेको छ । यी सबै कारणले गर्दा जिनपिङ निकै तनावमा छन् । यो तनाव उनको रोगको प्रमुख कारण हुनसक्ने बताइएको छ । एजेन्सीबाट

वि.सं.२०७९ वैशाख २८ बुधवार १७:५२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
माटोको उर्वराशक्ती बढाउन नगरपालिकाद्वारा कृषि चुन वितरण

माटोको उर्वराशक्ती बढाउन नगरपालिकाद्वारा कृषि चुन वितरण

म्याग्दी । क्षय हुँदै गएको माटोको उर्वराशक्ती बढाउन बेनी नगरपालिका–२...

ताराखोलेहरुको पाहुँनालाई उपहार डाली र मकै

ताराखोलेहरुको पाहुँनालाई उपहार डाली र मकै

रामबहादुर थापा, बागलुङ । लेकाली चोयाले बुनेको चिटिक्कको डाली ।...

१२ वर्ष विदेश बसेर फर्किएका पाण्डेले गर्छन् दूध बेचेर मनग्य आम्दानी

१२ वर्ष विदेश बसेर फर्किएका पाण्डेले गर्छन् दूध बेचेर मनग्य आम्दानी

तम्घास (गुल्मी) । गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका...

तुवाँलोले ढाकेपछि तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प

तुवाँलोले ढाकेपछि तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प...

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत लिनै सकस

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत लिनै सकस

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका...

यी हुन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय

काठमाडौं । मन्त्रिपरिषद् बैठकले विभिन्न १५ निर्णयहरु गरेको छ ।...