back
CTIZAN AD

१७ पालिकाको मत परिणाम सार्वजनिक, कुन पालिका काे ?

वि.सं.२०७९ जेठ १ आइतवार

783 

shares

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ ।

शुक्रबार बेलुकादेखि सुरु भएको मत गणना अनुसार आइतबार बिहानसम्म १७ पालिकाकाको मत परिणाम सार्वजनिक भएको छ ।

देशरैभरीका ७५३ गाउँपालिका मध्ये हालसम्म १७ पालिकाको मत परिणाम प्राप्त भएकोमा नेपाली कांग्रेसका ७, एमालेका ६, नेकपा माओवादी केन्द्रका २ र एकिकृत समाजवादी पार्टीले २ पालिकाको प्रमुख जितेका छन् ।

हालसम्मको मत परिणाम अनुसार नेपाली कांग्रेसबाट मनाङको नार्पा भूमी गाँउपालिकामा कोन्जो तेन्जीङ लामा, मनाङकै नासोँ गाउँपालिकामा धनबहादुर गुरुङ, गुल्मीको रेसुङ्गामा खिलध्वज पन्थी, गुल्मीकै गुल्मीदरबार गाउँपालिकामा सरोजकुमार थापा, मुस्ताङको घरपोझङ गाउँपालिकामा मोहनसिंह लालचन, डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा ईन्द्रबहादुर कार्की र डोटीको बडीकेदार गाउँपालिकाको अध्यक्षमा पदमा भैरवबहादुर साउद विजयी भएका छन् ।

त्यसैगरी नेकपा एमालेका तर्फबाट मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा कान्छा घले, मनाङकै चामे गाउँपालिकामा लोकेन्द्रबहादुर घले, मुस्ताङमा घेकर दामोदरकुण्ड गाउँपालिकामा लोप्साङ छोम्पेल विष्ट, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रिङजिन नामगेल गुरूङ तथा लोमान्थाङ गाउँपालिकामा टसी न्वर्वु गुरूङ र डोल्पाको से फोक्सुण्डो गाउँपालिकाको अध्यक्षमा धावा सम्डुङ गुरुङ विजयी भएका छन् ।

त्यसैगरी नेकपा माओवादी केन्द्रबाट दैलेखको नौमुले गाउँपालिकामा छविराम सुवेदी र डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा नारसिङ रोकाय विजयी भएका छन् भने  नेकपा (एकिकृत समाजवादी)  बाट डोल्पाको छार्का साङतोङ गाउँपालिकाको अध्यक्षमा सेनाङ गुरुङ र डोल्पाको काइके गाउँपालिकाको अध्यक्षमा  अंगदकुमार राना विजयी भएका छन् ।

 

वि.सं.२०७९ जेठ १ आइतवार ०८:५० मा प्रकाशित

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी...

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...