back
CTIZAN AD

तनहुँमा आठ वडाको नतिजा सार्वजनिक, कुन वडामा को विजयी भए त ?

वि.सं.२०७९ जेठ १ आइतवार

654 

shares

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार बिहानसम्म जिल्लाको म्याग्दे गाउँपालिका–३, म्याग्दे –२, बन्दीपुर गाउँपालिका–४, घिरिङ गाउँपालिका–२, भिमाद नगरपालिका–१ र आँबुखैरेनी–१ को अन्तिम मतपरिणाम सार्वजनिक भएको हो ।

सार्वजनिक परिणामअनुसार नेकपा (एमाले)ले तीन, नेपाली कांग्रेसले दुई र नेकपा (माओवादी केन्द्र)ले एक वडा जितेको छ ।

भिमाद–१ को अध्यक्षमा कांग्रेसका आले विजयी

भिमाद नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका दीपक आले विजयी भएका छन् । आले एक हजार ५९ मत प्राप्त गरी विजयी भएका हुन् । अध्यक्षका प्रतिस्पर्धी नेकपा एमालेका बलबहादुर थापाले एक हजार दुई मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार वडासदस्यमा भने नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

एमालेबाट महिला वडासदस्यले एक हजार ९६, दलित महिला वडासदस्यले एक हजार ७८, वडासदस्यले एक हजार ७२ र एक हजार एक सय दुई मत प्राप्त गरी विजयी भएको शर्माले जानकारी दिए । कांग्रेसबाट महिला वडासदस्यले नौ सय ४०, दलित महिला सदस्यले नौ सय ३६, वडा सदस्यले आठ सय ८० र आठ सय ८० मत प्राप्त गरेका छन् ।

म्याग्दे–२ मा कांग्रेसका क्षेत्री विजयी

म्याग्दे–२ को वडाध्यक्षमा कांग्रेसका शिवबहादुर क्षेत्रीले आठ सय ८९ मत प्राप्त गरी निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका हरिकृष्ण श्रेष्ठले ८७५ मत प्राप्त गरेका छन् । सदस्यमा कांग्रेसका रमेश क्षेत्री ८९४, एमालेका महेन्द्रबहादुर रानाभाट ८३५, महिला सदस्यमा कांग्रेसका सीता कुमाल ८८९ र दलित महिला सदस्यमा सोही पार्टीका कल्पना परियार ८३९ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

म्याग्दे–३ मा एमालेका अधिकारी विजयी

मतपरिणामअनुसार म्याग्दे–३ को वडाध्यक्षमा एमालेका टुकराज अधिकारीले ६६१ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका प्रतिस्पर्धी कांग्रेसका बलराम भट्टराईले पाँच सय ८७ मत प्राप्त गरेका छन् । यस्तै माओवादीका लेखराज लामिछानेले ३८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उक्त वडामा एक हजार तीन सय ३० मत खसेको थियो ।

यसैगरी खुला सदस्यमा कांग्रेसका बालचन्द्र घिमिरेले पाँच सय ८८, एमालेका प्रकाश घिमिरेले पाँच सय ७८, महिला सदस्यमा कांग्रेसका जानकी थापा पाँच सय ६३ र दलित महिला सदस्यमा एमालेका सुनिता नेपाली सात सय दश मत प्राप्त गरी विजयी भएका छन् ।
बन्दीपुर–४ मा एमालेको प्यानल विजयी

बन्दीपुर गाउँपालिका–४ मा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा एमालेका दानबहादुर थापा सात सय ४० मत प्राप्त गरी विजयी भएका छन् ।

प्रतिस्पर्धी कांग्रेसका सीता थापाले चार सय ६४ मत प्राप्त गरे । सदस्यमा एमालेका रवि श्रेष्ठ सात सय एक, भीम घले छ सय ४५, महिला सदस्यमा ममता राना छ सय ७७ र दलित महिला सदस्यमा भगवती सुनारले छ सय ७९ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

घिरिङ–२ मा एमालेको प्यानल विजयी

घिरिङ गाउँपालिका–२ मा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा एमालेका नरबहादुर थापा एक हजार १७ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

प्रतिस्पर्धी कांग्रेसका विष्णुवीर थापाले ५७ मत प्राप्त गरे । महिला सदस्यमा एमालेकै सनम थापा एक हजार १२, दलित महिला सदस्यमा सुकमाया सुनार रामदामले नौ सय ६३, खुला सदस्यमा आशबहादुर थापाले नौ सय ६० र धनबहादुर रानाले नौ सय ७१ मत प्राप्त गरेका छन् ।

म्याग्दे–१ र देवघाट–१ मा एमाले विजयी

म्याग्दे –१ र देवघाट गाउँपालिका–१ मा एमालेले विजय हासिल गरेको हो । म्याग्दे –१ को वडाध्यक्षमा एमालेका मणिभद्र वाग्ले छ सय ९९ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका विनोद खनालले पाँच सय ३६ मत प्राप्त गरेका छन् ।

खुला सदस्यमा कांग्रेसका मीनबहादुर थापा छ सय ३८, एमालेका मीनबहादुर गुरुङ छ सय आठ, महिला सदस्यमा एमालेका राममाया खडुल मगर सात सय १४ र दलित महिला सदस्यमा एमालेका केशरी सुनार छ सय ९६ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

देवघाट–१ मा एमालेको प्यानल विजयी

देवघाट गाउँपालिका–१ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।वडाध्यक्षमा एमालेका मनिराज गुरुङ आठ सय ९८ मत प्राप्त गरी निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका मुक्तिलाल थापा मगरले छ सय ३४ मत प्राप्त गरे ।

खुल्ला सदस्यमा एमालेकै बेलबहादुर गुरुङले आठ सय ८१, सुन्दर भुजेलले आठ सय ६३, महिला सदस्यमा मनमाया गुरुङले आठ सय ८४ र दलित महिला सदस्यमा नानुमाया विकले आठ सय ९५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

आँबु–१ मा माओवादीको प्यानल विजयी

स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा माओवादीले विजयी सुरुआत गरेको छ । आँबुखैरेनी गाउँपालिका–१ को वडाध्यक्षसहित सदस्यमा माओवादीको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा माओवादीका प्रेमबहादुर गुरुङ आठ सय ५१ मत प्राप्त गरी विजयी भएका छन् भने प्रतिस्पर्धी कांग्रेसका किसन थापाले चार सय १५ मत प्राप्त गरे ।

सदस्यमा माओवादीकै हरिबहादुर गुरुङले सात सय ५२, कुमारबहादुर मगरले सात सय ४८, महिला सदस्यमा माओवादीकै बसुन्धरा गौलीले सात सय ५२ र दलित महिला सदस्यमा माओवादीकै सुशीला नेपालीले आठ सय आठ मत प्राप्त गरी विजयी भएकी छन् ।

वि.सं.२०७९ जेठ १ आइतवार ०९:१८ मा प्रकाशित

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी...

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...