सोलुखुम्बु । सोलखुम्बुको खुम्वु पासाङल्हमु गाउँपालिकाको अध्यक्षमा एमालेका मिङ्मा छिरी शेर्पा विजयी भएका छन् ।
आइतबार बिहान प्राप्त मतगणनाको परिणाम अनुसार एमालेबाट उम्मेदवा रहेका शेर्पाले २ हजार २८ मत ल्याएर पालिकाको अध्यक्ष पदमा विजयी भएका हुन् । साथै उनका प्रतिष्पर्धी कांग्रेसका चुङ्ब शेर्पाले १६ सय ९ मत प्राप्त गरेका थिए ।
त्यसैगरी पालिकाको उपाध्यक्ष पदमा एमालेकी टासी ल्हमु शेर्पा २ हजार २३ ल्याएर विजयी भएकी छन् भने उनकी प्रतिष्पर्धी कांग्रेसकी निर्मला थापा कार्की मगरले १ हजार ५८२ मत ल्याएकी थिइन् ।
वि.सं.२०७९ जेठ १ आइतवार ०९:४४ मा प्रकाशित






























