back
CTIZAN AD

बाग्लुङको ताराखोलामा माओवादी केन्द्रको प्यानलै विजयी

वि.सं.२०७९ जेठ १ आइतवार

1K 

shares

वाग्लुङ । बाग्लुङको ताराखोला गाउँपालिकाको अध्यक्षमा धन बहादुर बिक ‘हिमाल’ को प्यानलै विजयी भएको छ ।

आइतबार बिहान प्राप्त मतगणनाको परिणाम अनुसार माओवादी केन्द्रका विकले २२८५ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा बागी उम्मेदवार प्रकाश घर्तीले २०९० मत प्राप्त गरेका थिए । २०७४ मा माओवादी केन्द्रका तर्फबाट अध्यक्षमा विजयी भएका घर्तीले यस पटकको निर्वाचनमा पार्टीबाट टिकट नपाएपछि बागी उम्मेदवारी दिएका थिए ।

त्यसैगरी पालिकाको उपाध्यक्ष पदमा गठबन्धनबाट साझा उम्मेदवार बनेका कांग्रेसका भिमबहादुर रोका ३ हजार ४०३ मत ल्याएर विजयी भएका छन् ।

पाँचवटै वडाको अध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी
पालिकाका ५ वटै वडाको अध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

प्राप्त मत परिणाम अनुसार वडा नं १ मा यमबहादुर श्रीष, २ मा भद्र घर्ती, ३ मा कर्णबहादुर भण्डारी, ४ मा जितबहादुर खत्री र ५ नम्बर वडा अध्यक्षमा मनबहादुर खत्री विजयी भएको बताइएको छ ।

वि.सं.२०७९ जेठ १ आइतवार १०:०५ मा प्रकाशित

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी...

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...